Top Ad unit 728 × 90

News
News

हेलिकप्टर दुर्घटना एक जनाको निधन र बाँकी ४ जना गम्भीर घाइते

ढाका, २ असोज - बंगलादेश क्रिकेट टिमका अनुभवी अलराउन्डर शाकिब अल हसन र उनको श्रीमती उमे अहमद शिशिर हेलिकप्टर दुर्घटनाबाट बचेका छन्। ढाकाबाट कक्स बजारमा एउटा विज्ञापनको सुटिङका लागि शाकिब पत्नीसहित हेलिकप्टरमा उडेका थिए। उनीहरूलाई कक्स बजारदेखि २७ किमी दक्षिणमा पर्ने रोयल डलिप मुन्द्री रिसोर्टमा छोडेर फर्किने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। दूर्घटनामा एक जनाको निधन र बाँकी ४ जना गम्भीर घाइते भएको बताइएको छ। बंगलादेशी अखबारका अनुसार शाकिबलाई सुटिङ स्थलमा छोडेर साढे एक किलोमिटर अगाडि बढ्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो। यो खबरपछि शाकिब र उनकी श्रीमती उमे स्तब्ध भएका छन्। उनीहरूलाई शुक्रबार बिहान साढे ९ बजे छोडेर हेलिकप्टर अगाडि बढेको थियो।
हेलिकप्टर दुर्घटना एक जनाको निधन र बाँकी ४ जना गम्भीर घाइते Reviewed by Google Girl on 6:20:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.