Top Ad unit 728 × 90

News
News

तीज मनाउन आएकी छोरीको जलेर मृत्यु

१९ भदौ, जाजरकोट । जाजरकोट सदरमुकाम खलंगाको बसपार्कस्थित एक होटलमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएका छन् ।संगीता होटलमा आगलागी हुँदा मानसिंह खत्रीकी छोरी संगीताको मृत्यु भएको हो । नायकवाडा २ कि १९ वर्षीया संगीता तीज मनाउन माइत आएकी थिइन् । आगोमा जलेर मानसिंह खत्रीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा भेरीमालिका ४ का १८ वर्षीय गोकर्ण चन्द, कार्कीगाउँ ६ का ४३ वर्षीय मानसिंह खत्री,भेरीमालिका ४ का २३ वर्षीय प्रेम राना र सल्यान डाडागाउँ ६ घर भई प्रहरी चौकी गर्खाकोटमा कार्यरत प्रहरी जवान ३० वर्षीय रमेश चन्द रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु आगो निभाउने क्रममा घाइते भएका हुन् । घाइते चारैजनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेकाले जिल्ला बाहिर लैजान आफन्तहरुले माग गरेका छन् ।होटलको एक कोठामा पेट्रोल र डिजेल पनि राखिएकाले आगो अनियन्त्रित भएको थियो । तर, आगलागीको कारण एकिन हुन नसकेको जाजरकोट प्रहरीले जनाएको छ ।
तीज मनाउन आएकी छोरीको जलेर मृत्यु Reviewed by Google Girl on 10:27:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.