Top Ad unit 728 × 90

News
News

बेलुका संगै सुतेको श्रीमान , बिहान उठ्दा घर नजिकै को खोला किनारमा मृत फेला

लिवाङ (रोल्पा), २७ भदौ । शनिबार साँझको खानपिन सकेरसँगै सुतेका कोर्चावाङ–५ निम्री रोल्पाका ४१ वर्षीय कृतिमान पुनको शव जंकोट–१ माडीचौरमा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । करिब तीन वर्ष पहिलोदेखि मानसिक रुपमा अस्वस्थ भएका पुन केही हप्तायता अली बढी बिरामी परेको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । सँगै सुतेका पति बिहान उठ्दा कोठामा नदेखेपछि श्रीमती पूर्णकुमारी र परिवारले खोजी गरेका थिए । श्रीमती निदाएको अवस्थामा मध्यरातमा घरबाट निस्किएका पुनको घरदेखि करिब चार किलोमिटर टाढाको खोलामा शव फेला परेको हो । खोलाको बीच भागमा पुनको शव ढुङ्गामा अड्किएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कृतिमानको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा राखिएको छ । रासस
बेलुका संगै सुतेको श्रीमान , बिहान उठ्दा घर नजिकै को खोला किनारमा मृत फेला Reviewed by Google Girl on 10:31:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.