Top Ad unit 728 × 90

News
News

युएईबाट अनिस तामाङले दियो नबिना लामालाई दर्हो चुनौती : सक्छौ भने मलाई मुद्दा हालेर देखाउ।

–अनिस तामाङ युएई ।
नविना लामा तिमी साँच्चैको बहादुर चेली रहेछौं । सबै भन्दा पहिलो मुद्दा मेरो नाममा लगाउ.. मैले किन विरोध गरे नविना लामाको? आफ्नो जातियता, धर्म संस्कृतिको विपक्षमा उभिएको भनेर विरोध गर्दा साइबर क्राइमको मुद्दा हाल्ने धम्कि दिने नविना लामा ! सक्छौ मुद्दा हालेर देखाउ। जातिय उत्पिडन मुक्तिको लागि फासी चढ्न तयार छु सक्छौ जेल हालेर देखाउ ? यो दुबईबाट अनिस तामाङ्गले सामाजिक संजालमार्फत नविना लामालाई दिएको चुनौती हो ।उनले आफुलाई जेल हाल्ने चुनौती दिंदै आफ्ना भनाइ राखेका छन् उनको भनाइ जस्ताको तस्तै निम्न छन् :-
१. गणतन्त्रको लागि जनताको छोराछोरीहरु सडकमा जिवन मृत्युको लडाइँ गर्दै गर्दा केपी ओलीले वयलगाडा चढेर अमेरिका पुगिन्न भनेर भन्दै गर्दा नविना लामा मौन बस्यौ ! कुन चाँही सभामा गणतन्त्र विरोधी ओलीलाई विरोध गर्यो ।
२. जनजातिहरुलाई बाँदर मधेशिलाई विहारीको संज्ञा दिदै गर्दा नविना लामाले कहाँ निर विरोध गरिन केपी ओलीको।
३.पहिलो संविधानसभामा माओवादीले जनजातिको पक्षमा उभिदा एमालेहरु जनजातिहरुको मुद्दाको विपक्षमा उभियो। एमालेकै कारण संविधानसभा विघटन भयो। यस्तो जटिल अवस्था सिर्जना भए पछि एमालेको जनजाति नेताहरुले एमाले पार्टी जनजाति विरोध पार्टी हुन भनेर पार्टी परित्याग गर्दा नविनाले के बोलिन यस विषयमा ।
४. देशको सम्मानित प्रधानमन्त्री हुदा केपी ओलीले उत्पिडित जातिले दिएको बलिदानको बहाक प्राप्त हुन लागेको संघीयतालाई बाख्राको टाउकोमा भैसिको सिंङ भन्दै गर्दा कहाँ विरोध गर्यो नविना? किन मौन बस्यौ ?
५. पछिल्लो चरण केपी ओली प्रधानमन्त्री हुदा बौद्ध धर्मको आस्था माथि कडा कडा शब्द प्रहार गर्दै बुद्ध धर्मको प्रतिक खादालाई सार्वजनिक कार्यक्रममा खादा प्लास्टिक जस्तो चिज यसको प्रयोग गर्नु वातावरणको दुषित हो, यसले अर्थतन्त्रमा नराम्रो असर पारेको छ, अनि खादाले हाम्रो हिन्दु धर्मको फूल ओजेल पारेको छ यसलाई निषेध नै गर्नु पर्छ भनेर अविव्यक्ति दिएको ५-६ महिना हुदानि नविना लामा किन मौनता जनायो?
६ .यसरि आफ्नो पार्टी एमालेको सरकारले खुलेर बुद्ध धर्मको प्रतिक खादालाई घोषित रुपमा प्रतिबन्ध गरेर ढाकाको गलबन्दि लगाउदै गर्दा नविना लामा नि त्योही गलबन्धि बेरेर कम्मर भाँचीभाँची हर्षउल्लास मान्दै गर्दा म जस्तो एक सच्चा जनजातिको छोराले विरोध किन नगर्ने? उसले त्यो कार्यक्रममा ढाकाको गलबन्धि लगाएकोमा विरोध हैन हाम्रो । उत्पिडितजातिको धर्म संस्कृति माथि खुल्ला प्रहार गर्दै शासकहरु जितको विजयजुलुस गर्दै गर्दा नविना लामा त्योही भिडमा रमाएको हाम्रो आवाजलाई खिल्लि उडाउदै गर्दा हामीले किन विरोध नगर्ने उसलाई?
७.आफ्नो जातीयता र धर्म संस्कृतिको पक्षमा लड्दै गरेको हाम्रो चेलीहरु शिरन ख्युङबो तामाङ, नेरुता मोक्तान तामाङ, माया लोप्चन तामाङ,गुराँस ग्लान तामाङ आदिलाई हेर्नु अनि नविना लामालाई? के फरक छ नविना लामा र शरिन- नेरुता-माया-गुराँसमा। अनि के फरक छ केपी ओली र नविना लामामा ? के कुरामा गर्व गर्ने हाम्रो जनजाति चेलिहरुले त्यो स्थानमा पुग्यो भनेर यदि हाम्रो आवाजहरु शासकहरुले बन्द गर्दा नविना लामा मौनताको जन्जिर भित्र बाँधेर बसिछन् भने ? हो मैले यही कुराको कारण नविना लामाको विरोध गरेको हु।आफ्नो जातियता, धर्म संस्कृतिको विपक्षमा उभिएको भनेर विरोध गर्दा साइबर क्राइमको मुद्दा हाल्ने धम्कि दिने नविना लामा। सक्छौ मुद्दा हालेर देखाउ। जातिया उत्पिडन मुक्तिको लागि फासी चढ्न तयार छु।।
 -(काभ्रे तिमाल) हाल : दुबई
 – त्रिशुलीखबरडटकम बाट
युएईबाट अनिस तामाङले दियो नबिना लामालाई दर्हो चुनौती : सक्छौ भने मलाई मुद्दा हालेर देखाउ। Reviewed by Google Girl on 11:19:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.