Top Ad unit 728 × 90

News
News

दृष्टिविहिन श्रीमती साथमा छोरी छोडेर कमाउन गएको श्रीमानको खुट्टा भाचिए पछि ..

नेपालगन्ज, २७ भदौ । सुर्खेत भेरीगंगा नगरपालिका–४, झिग्नीकी दृष्टिविहिन कुश्मा सुनारको पीडामा मल्हम पट्टी लगाउने काम नेपालगन्ज मेडिकल चिसापानीमा कार्यरत शेरेन्द्र कुमार सोनीले गरेका छन् । एकातिर दृष्टिविहिन अर्कोतिर खुट्टा भाँचिएर अस्पताको बेडमा रहेका श्रीमान र सानो बालकको हेरचाह गर्न गाह्रो परिरहेको बेला शेरेन्द्रले उपचारका लागि रकम संकलन गरे भने अर्कोतिर अस्पतालमा उपचार गराई रहेका कुश्माका श्रीमान तुलसीराम विकको हेरचाहमा आफ्नी छोरी र श्रीमतिलाई लगाए ।घरको खम्बाको रुपमा रहेका श्रीमानको नै खुट्टा भाँचिएर अस्पतालमा भर्ना भएपछि उपचारका लागि रकमको जोहो गर्ने दायित्व पनि उनै दृष्टिविहिन कुश्माको काँधमा थपियो । अस्पतालको बेडमा रहेका श्रीमान, २ बर्षको चन्चले छोरा र अप्रेशनका लागि दौडधुप गनुपर्दा उनलाई ठूलै समस्या परेको थियो । उनलाई पैसाको जोहो कसरी गर्ने भन्ने पिरलो त छँदै थियो । उनको पीडामा मल्हम पट्टी लगाउने काम शेरेन्द्र र विरामीका कुरुवाले गरेको कुश्माले सुनाइन् ।कामका लागि भारतको हिमाञ्चल गएका बेला उनका श्रीमान तुलसीरामको स्याउ बोक्ने क्रममा चिप्लेर लड्दा दाहिने खुट्टा भाँचिएको छ । विकलाई त्यहाँ रहेका नेपालीले रकम संकलन गरेर नेपालगन्जसम्म आउने ब्यवस्था मिलाए । पैसा कमाउन गएका श्रीमान भाँचिएको खुट्टा ल्याएर स्वदेश फर्किएको भन्दा उनलाई उपचार कसरी गराउने भन्ने चिन्ता थपियो । उपचारका लागि रकम संकलन गरेर शेरेन्द्रले ठूलो गुण लगाएको उनले सुनाइन् । ‘शेरेन्द्र दाईले लगाएको यो गुण मैले कहिल्यै बिर्सिन सक्ने छैन,’ कुश्माले भनिन् ।
दृष्टिविहिन श्रीमती साथमा छोरी छोडेर कमाउन गएको श्रीमानको खुट्टा भाचिए पछि .. Reviewed by Google Girl on 1:32:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.