Top Ad unit 728 × 90

News
News

ड्राइभरसँग आँखा जुध्ने बित्तिकै बस भीरबाट एक्कासी खस्यो....त्यसपछि के भयो .?..पुरा पढ्नुहोस घाइतेको बयान ..

ड्राइभरसँग आँखा जुध्ने बित्तिकै बस खस्यो २२ भदौ । चौबीस दिनअघि काभ्रेपलान्चोकको मादनकुँडारीमा बस दुर्घटना हुँदा बाँच्न सफल यात्रु यसु लामालाई भेट्न पुग्दा उनी ट्रमा सेन्टरको बेड नम्बर ५२३ मा उपचाररत थिइन् । उक्त भयावह दुर्घटनाबारे केही जिज्ञासा राख्न खोज्दा लामा सहमत भइन् । करिब २० मिनेटको कुराकानीका क्रममा उनी दर्जन पटक भक्कानिइन् भने गहभरि आँसु पारिरहिन् । शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !आफूसँगैका यात्रुहरु गुमाउँदा पनि बाँच्न सफल लामाले बाँच्ने रहर पलाएको भाव व्यक्त गरिन् । लामो समयछि घर गएकी लामाले दुर्घटना र त्यसपछिका दिनहरुबारे पहिलो न्युजका कार्यकारी–सम्पादक मोहन बास्तोलालाई यसरी बताइन्ः घर नगएको लामो समय भइसकेको थियो । राजनीतिक कामको व्यस्तताले लामो समयदेखि आफ्नो घर काभ्रे जान भ्याएकी थिइनँ । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले सञ्चालन गरेको एक हप्ते स्कुल प्रशिक्षण सकिएको भोलिपल्ट म दिदीसँगै घर जान हिँडेकी थिएँ । दिदी र म एउटै सिटमा थियौँ ।
समय निकै रमाइलो ढंगले बितिरहेको थियो । हामी दिदी र बहिनी एउटै सिटमा बसेर यात्रा गर्दा बाटो कटेको पत्तो नै भएन । गाडी जसरी काठमाडौं छाडेर भक्तपुर हुँदै बनेपातिर बत्तिँदै थियो, हामी चाँडै घर पुग्ने आशले त्यत्तिकै आनन्दित र प्रफुल्ल हुँदै गएका थियौँ । तर, हाम्रो त्यो आशा घर पुग्ने बेला खरानीमा परिणत भयो । दोलालघाटमा खाना खाने बेलासम्म मैले र दिदीले निकै कुराकानी गरेका थियौँ । खाना खाएर बसमा चढेपछि मलाई निद्रा लाग्यो । म दिदीकै शरीरमा अडेस लागेर सुतेँ । बस दुर्घटना हुने समयन्दा केही निमेषअघि म दिदीको शरीरकै सहारा लिएर मस्त निद्रामा थिएँ । दोलालघाटपछिका बाटाका दृश्यहरु मलाई केही पनि थाहा छैन । मैले अघि पनि भने– म दुर्घटना हुनुभन्दा केही निमेष अघि मात्रै ब्युँझिएकी थिएँ । सायद दुर्घटनाको दृश्य नियाल्न मेरा आँखा खुलेका रहेछन् । म र दिदी ठ्याक्कै ड्राइभरको सिट नजिक थियौँ । मेरो आँखा ड्राइभरसँग जुध्यो । ड्राइभरले ठूला–ठूला आँखा पारेर हामीतिर हेरे । उनको त्यो हेराइ यति डरलाग्दो थियो कि, ऊ निकै आत्तिएको र केही विपद्मा पर्न लागेको सहजै अनुमान लगाउन सकिन्थ्यो । मैले त्यो घटना दिदीलाई भन्न नभ्याउँदै ड्राइभरले हामीतिर हेर्ने र गाडी चिप्लिने एकै पटक भयो । हेर्दाहेर्दै सडकमा गुडिरहेको गाडी बाटोमुनि खसिसकेको थियो । गाडी बाटोभन्दा तल खसेपछिका केही कुरा पनि मलाई थाहा छैन । गाडी खसेपछि म कहाँ छु ? के भयो ? सबै सपना जस्तो मात्र लाग्यो । अलिअलि ऐया–ऐया भनेको याद छ ।
त्यतिबेला मेरो आँखा खुलेका थिएनन् । आमा दुर्घटनास्थलमा आउनुभएको अलिअलि याद छ । मान्छेहरु बोलेका, रोएका र चिच्याएका आवाजहरु मेरा कानमा ठोक्किन्थे । मलाई ती दृश्यहरु ठ्याक्कै सपना जस्तो लागेको थियो । मैले मेरो परिवारलाई काठमाडौंमा सम्पर्क गरिदिनु भनेर जीवन दाइ (जीवन राई) को नम्बर दिएछु । त्यसपछि मलाई धेरै सम्झना छैन । मलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको थोरै सम्झना छ । त्यसबेला ‘यो बिरामीलाई ट्रमा सेन्टरमा लैजाने हो’ भनेकोसम्म याद छ । तर, पछि मलाई चावहिल लगिएछ । मलाई चावहिलमा बसेको कुनै पनि कुराको याद छैन । पूरै होस खुल्दा म ‘ट्रमा सेन्टर’ को आइसियुमा थिएँ । होस खुल्दा दिदीलाई सम्झिएँ मेरो होस खुल्दा सबैभन्दा पहिला दिदीलाई सम्झिएँ । मसँगै जानु भएकी, दुर्घटनामा पर्नुअघि मलाई अँगालो मारेर सुतेकी दिदी मेरो साथमा हुनुहुन्थेन ।
मैले दिदी खोई ? भनेँ ।
दिदी र मसँगै यात्रा गरेका ती यात्रुहरुको अवस्था के भयो होला भन्ने लाग्यो । त्यसपछि विस्तारै मन बुझाउँदै गएँ । लामो समयको आरामपछि मेरो त सामान्य जीवनमा फर्किने सम्भावना छ । तर, मसँगै यात्रा गरेर र ज्यान गुमाएका यात्रीहरुको अवस्था सम्झिँदा अहिले पनि पीडाबोध हुन्छ । सकेसम्म दुर्घटनाको दृश्य सम्झिनु नपरोस् भन्ने लाग्छ । म त बाँचेर अझै केही गर्न सक्छु । ज्यान गुमाउनेहरु त सकिए नि । मैले नयाँ जीवन पाएँ म अहिले अस्पतालको बेडमा छु । कति मान्छे मरे, कति घाइते भए, मलाई सबै थाहा छैन । म मरेर पनि बाँचेकी छु । कति धेरै सपनाहरु साँचेकी थिएँ । मेरा कतिपय सपना र योजनाहरुलाई मादनकुँडारीमा एक पटक चिप्लिएको बसले उडाउन लागेको थियो तर म बाँचेर आएँ । अब त झन् केही गर्नुपर्छ भन्ने लागेको छ । पाँच–सात महिना मलाई सामान्य जीवनमा फर्किन समय लाग्ला । त्यसपछि भने म नियमित काममा फर्किन्छु । सक्रिय राजनीति गर्छु पाँच–सात महिना राजनीतिक काममा सक्रिय बन्न सक्दिनँ ।
म यहीँ अस्पतालको बेडबाट भन्न चाहन्छु,
सामान्य जीवनमा फर्केपछि म बिरामी हुँदा साथ दिने, माया गर्ने र मलाई सहयोग गर्ने सबैको मन नभाँचिने गरी अनेरास्ववियुको सक्रिय राजनीतिमा फर्किन्छु । बेडबाटै समवेदना शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला म अहिले ट्रमा सेन्टरको बेडमा छु । मसँगै यात्राका क्रममा मृत्यु भएका सबैलाई यही बेडबाट सम्झिरहेकी छु । अमिलो मन लिएर म यही बेडबाट मृतकहरुको चीरशान्ति र परिवारप्रति हार्दिक समवेदना दिन चाहन्छु । मरेर जानेहरु गइसके । यो संसार एउटा मञ्च हो, हामी त्यही मञ्चका पात्रहरु हौँ । जीवन भनेको एउटा नाटक हो । म नास्तिक हुँ तर पनि भन्न चाहन्छु– सबै कुरा हाम्रो हातमा हुँदैन, सबैले भन्ने गरेको भगवान (अदृश्य शक्ति) को हातमा हुन्छ । बाँच्ने रहर पलायो मलाई कहिलेकाहीँ दिग्दारी लाग्थ्यो । अहिले जब म दुर्घटनामा परेँ, त्यसपछि मलाई माया गर्ने, भेट्न आउने र सहयोग गर्ने सबैलाई देख्दा मैले अझै धेरै बाँच्नुपर्छ भन्ने लागेको छ । मैले केही गर्नुपर्छ भन्ने भएको छ । मलाई बाँच्ने रहर पलाएको छ । उहाँहरु सबैले गर्व गर्न सक्ने मान्छे बन्न सकुँ । मलाई यति भए पुग्छ ।
ड्राइभरसँग आँखा जुध्ने बित्तिकै बस भीरबाट एक्कासी खस्यो....त्यसपछि के भयो .?..पुरा पढ्नुहोस घाइतेको बयान .. Reviewed by Google Girl on 1:24:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.