Top Ad unit 728 × 90

News
News

कम्प्यूटर तथा ल्यापटपको उल्यालो मा काम गर्दा आँखालाई जोगाउने तरिका यी

तपाईंको दैनिकी कसरी बित्छ ? दैनिक दुई घन्टाभन्दा बढी ल्यापटप वा कम्प्यूटरमा बिताउनुहुन्छ ? यति त्यसो हो भने तपाईंको आँखामा कुनै न कुनै किसिमको समस्या देखिन सक्छ । त्यसको कारण हो कम्प्यूटर तथा ल्यापटपको स्क्रिनको उल्यालो ।
तपाईंले ल्यापटप वा कम्प्यूटरमा काम गर्नुभयो भने त्यसको स्क्रिन त देख्नुहुन्छ । त्यदी यसको प्रयोग गर्नुभएन भने पनि इमेल पठाउन, विभिन्न सामाजि सञ्जाल चलाउन ट्यावलेट वा कुनै स्मार्टफोन प्रयोग गर्नुहुन्छ । विभिन्न भिडियो गेम खेल्न तथा भिडियो हेर्न तपाईंले स्क्रिन हेर्नुपर्छ । तपाईंले जे गरेपनि आफूलाई डिजिटल संसारमा सामेल गराउन स्क्रिन नहेरी प्रायः असम्झव नै छ । त्यसैले तपाईंले आफ्नो आँखाको ख्याल गर्दै स्क्रिन हेर्नुपर्ने हुन्छ । यसरी काम गर्दा आँखालाई जोगाउने तरिका यी हुनसक्छन्ः
१. आँखा र स्क्रिनबीचको दूरी मिलाउनुहोस्
तपाईंले स्क्रिनको उज्यालोबाट आँखामा हुने समस्या समाधानका लागि आँखा र स्क्रिनबीचको दूरी कम्तीमा १८ देखि ३० इन्चसम्म राख्नुहोस । अथवा तपाईंले प्रयोग गर्ने कम्प्यूटरको स्क्रिनमा ‘एन्टी ग्लेअर फिल्टर’ पनि राख्न सक्नुहुनेछ । उक्त फिल्टर आँखाका लागि सबैभन्दा राम्रो हुनेछ । तपाईंको कम्प्यूटर मोनिटर कुनै लाइटभन्दा ठीक मुनि नराख्नुहोस् ।
२. आँखा सुक्नबाट जोगाउनुहोस्
तपाईंले धेरै समय स्क्रिन हेरेर बिताउनुपर्छ भने आँखालाई सुख्खा हुनबाट जोगाउनुहोस् । आँखा सुख्खा भयो भने फुरफुराउने तथा पोल्ने समस्या हुनसक्छ । यस्तो बेलामा सफा पानीले आँखा भिजाउन सकिन्छ भने चिकित्सकको सल्लाह अनुसार आँखामा हाल्ने औषधि ‘आइ ड्रप’ को प्रयोग गर्न सक्नुहुनेछ । त्यस्तै आफूले प्रयोग गर्ने कम्प्यूटरको स्क्रिन तपाईंको आँखाको उचाईभन्दा तल हुनेगरी राख्नुभयो भने धेरै राम्रो हुनेछ ।
 ३. प्रत्येक २० मिनेटमा २० सेकेन्ड स्क्रिनमा नहेर्नुहोस्
यदी तपाईं लगातार काम गरिरहनुभएको छ र लामो समयसम्म काम गर्दै हुनुहुन्छ भने प्रत्येक २० मीनेटमा आफ्नो आँखा स्क्रिनबाट हटाउनुहोस् र टाढा हेर्नुहोस् । यसो गर्दा आँखालाई स्वच्छ राख्न मद्दत गर्दछ । त्यस्तै दुई घन्टापछि कम्तीमा १५ मिनेट थकाई मार्दा आँखालाई सहजहुने चिकित्सकहरुले बताएका छन् ।
 ४. चिकित्सकलाई देखाउनुहोस्
तपाईंले कम्प्यूटर, ल्यापटप, ट्यापलेट वा कुनै पनि स्मार्टफोन प्रयोग गरेर आफ्नो दैनिकी बिताउनुहुन्छ वा कुनै काम गर्नुहुन्छ भने तपाईंको आँखामा समस्या आउनसक्छ त्यसैले प्रत्येक वर्ष आँखाका विशेषज्ञ चिकित्सकलाई देखाएर हेरचाहका लागि आवश्यक परामर्श लिनुहोस् । यसरी तपाईंले यो सुन्दर संसारलाई देख्ने आँखाको हेरचाहका लागि यी साना सावधानी अपनाउनुभयो भने आँखामा हुने संक्रमण तथा आँखाको समस्यासँग जुँधेर बस्नुपर्ने समस्याबाट तपाईं मुक्त हुनुहुनेछ ।
कम्प्यूटर तथा ल्यापटपको उल्यालो मा काम गर्दा आँखालाई जोगाउने तरिका यी Reviewed by Google Girl on 12:08:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.