Top Ad unit 728 × 90

News
News

भूकम्प पीडितको नाममा संकलित ३ करोड रुपैयाँ एनआरएन जापानको उपाध्यक्ष भबन भट्ट को निजी खातामा रहेको खुलासा !

जापान : भूकम्प पीडितले राहत नपाएर वर्षायाममा खुल्ला आकाशमा रात बिताइ रहेको बेला गैरआवासीय नेपाली संघ जापानले भूकम्प पीडितका नाममा संकलन गरेको ३ करोड रुपैयाँ भन्दा बढी रकम अझैसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष भवन भट्टको ब्यक्तिगत खातामा जम्मा भएको खुलासा भएको छ ।
स्रोतका अनुसार उपाध्यक्ष भट्टको खातामा लामो समयदेखि रकम मौजाद रहेपछि संघको गत हप्ता अमेरिकाको न्युजर्सीमा सम्पन्न संघको बैठकमा चर्काचर्की परेको जनाइएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् (आइसीसी) को बैठकमा अध्यक्ष शेष घलेले उपाध्यक्ष भट्टसँग भूकम्प पीडितका नाममा संकलित ३ करोडौं रुपैयाँभन्दा बढी रकम अझसम्म ब्यक्तिगत खातामा रहनुको कारण सोधेका थिए । उपाध्यक्ष भट्टलगायत जापानको तर्फबाट बैठकमा सहभागीहरुले उक्त रकम तत्काल निकास गर्न नसकिने बताएका थिए । बैठकमा गैरआवासीय नेपाली संघ जापानको तर्फबाट आइसीसी सदस्य भुषण घिमिरे, पूर्वअध्यक्ष ओम गुरुङ, क्षेत्रीय संयोजक बिक्रम थापा, अध्यक्ष सुदन थापाको उपस्थिति थियो । महासचिव डा. बद्री केसी सहित बिभिन्न देशको प्रतिनिधीत्व गर्ने आइसीसी सदस्य लगायत सँघका अधिकांस पदाधिकारीको उपस्थिती रहेको बैठकमा भट्टलगायत एनआरएन जापानको तर्फबाट बैठक बोल्ने बक्ताहरुले एनआरएनलाई हस्तान्तरण गर्न अस्वीकार गर्दै सो रकम तत्काल परिचालन गर्न नसकिने तर्क गरेका थिए । एनआरएनको सक्रियतामा संकलित उक्त रकम आफू खुशी पीडितलाई खर्चिने आसय बैठकमा बोल्ने बक्ताहरुले राखेको स्रोतले जानकारी दिएको छ । नेपालब्रिटेनमा खबर छ
भूकम्प पीडितको नाममा संकलित ३ करोड रुपैयाँ एनआरएन जापानको उपाध्यक्ष भबन भट्ट को निजी खातामा रहेको खुलासा ! Reviewed by Google Girl on 9:48:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.