Top Ad unit 728 × 90

News
News

यी हुन् काठमाडौंका विद्यालयमा बम विस्फोट गराउने अभियुक्त,

काठमाडौं, असोज ४ । नेपाल प्रहरीले मंगलबार राजधानीका विद्यालय क्षेत्रमा विस्फोट गराउने गिरोहका दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मंगलबार साँझ महानगरीय प्रहरी आयुक्त कार्यालय, रानीपोखरीले पत्रकार सम्मेलन गरी विस्फोटमा संलग्न रामेछापका शंकरबहादुर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो । विस्फोटको घटनाका ‘मुख्य योजनाकार’ भने मीन देवकोटा र सुमन श्रेष्ठ रहेको पनि प्रहरीले जनाएको छ । देवकोटा अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी केन्द्र र श्रेष्ठ योङ कम्युनिस्ट फोर्सका संयोजक रहेको प्रहरीले जनाएको छ । यिनीहरु दुबै माओवादीका पूर्वलडाकुहरु रहेको अनुसन्धानबाट खुलेको र उनीहरुले अपराध स्वीकार गरेको पनि प्रहरीले जनाएको छ । लाखे, तामाङ र देवकोटा केही महिनाअघि राजधानीमै एउटा विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परेको र अदालतको आदेशमा दुई साताअघिमात्रै छुटेका पटकेहरु भएको पनि प्रहरीले जनाएको छ ।
यी हुन् काठमाडौंका विद्यालयमा बम विस्फोट गराउने अभियुक्त, Reviewed by Google Girl on 7:41:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.