Top Ad unit 728 × 90

News
News

१५ वर्ष देखि मलेशियामा हराएको सुर्य एक्कासी फेसबुकमा भेटिए

मलेसिया । विदेश गएर १५ वर्षसम्म हराएको आफन्त एक्कसी फेसबुकमा देखिँदा कस्तो लाग्ला ? पक्कैपनि त्यो परिवारसँग खुसीको सीमा रहँदैन । म्याग्दीको एक परिवारले यस्तै नियती भोगेको छ । लामो समयदेखि सम्पर्कविहीन भएका म्याग्दीका सूर्य केसी एक्कासी फेसबुकमा देखिएका छन् । तर, उनको अवस्था नाजुक देखिएकाले सूर्य खोजी गरेर नेपाल फिर्ता गरिदिन परिवारले अनुरोध गरेको छ ।रोजगारीको लागि १५ वर्ष अगाडि मलेसिया आएका अर्मन गाविस वडा नं ८ धारा म्याग्दीका केसी अझै परिवारको सम्पर्कमा छैनन् । परिवारले आशा नै मारिसकेको भएपनि उनको बारेमा अगष्ट १९ तारिकमा एक नेपाली सेक्युरिटी गार्डले केसीसँगै फेाटो खिचाएर फेसबुकमा राखेपछि परिवारमा आशा पलाएको छ । केसी पुडु भन्ने ठाउँमा भेटिएका थिए, त्यसपछि कता हराए भन्ने थाहा भएको छैन । केसी २०५८ को फागुन महिनामा मलेसिया गएको घरपरिवारले बताएको छ । आफन्तहरुले खोजी गरिदिन नेपाली दूतावास तथा विभिन्न संघसंस्थामा समेत जानकारी गराइसकेका छन् ।
१५ वर्ष देखि मलेशियामा हराएको सुर्य एक्कासी फेसबुकमा भेटिए Reviewed by Google Girl on 8:34:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.