Top Ad unit 728 × 90

News
News

२२ बर्षीया गर्भवती महिला ६ महिनादेखि दाम्लोमा बाधिन बाध्य

उदयपुर – थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधिएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार–सुसार र खानपिनमा विशेष पौष्टिक आहारको आवश्यकता पर्छ । तर, उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने विगत ६ महिनादेखि घरमै बाँधेर राखिएको छ ।
मानसिक रोग लागेकी त्रियुगा नगरपालिका वडा नंं.– ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन् । गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिँडेपछि उनी बिचल्लीमा परेकी छिन् । गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिँडेपछि वृद्ध सासु–ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भिम बहादुर खड्काले बताए । उनले भने– ‘छोरा कहाँ गयो गयो, अत्तो पत्तो छैन् बिरामी बुहारीको हामी बुढाबुुढीले कसरी स्याहार गरौं ।’ सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माईत पक्ष समेत विरामी भएपछि हेर्न समेत नआएको ससुराले गुनासो गर्दै भने– ‘बुहारी विरामी भएको यत्रो दिन भयो, तर जन्म दिने बुबाआमा त भेट गर्न आउनुपर्ने हो उनीहरु पनि आएका छैनन ।’ ‘०७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो, तर आर्थिक अभाव भएकाले पुनः पाटन लान सकिएको छैन्’ न्याउरो मुख लगाउदै खड्काले गुनासो गरे । ‘एक त मानसिक रोगी त्यसमाथि खुट्टामा घाउ भएर प्mयात्तै पाकेको छ उपचार गर्न पैसा छैन्’ भिमबहादुरले भक्कानिँदै भने । गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुःखद भएको महिला अधिकारकर्मी महेश्वरी राईले बताईन् । गैर सरकारी संस्था महासंघ उदयपुरको अध्यक्ष समेत रहेकी राईले भनिन्– ‘हामी अधिकारकर्मीहरुको पहलमा बैठक बसेर के सहयोग गर्न सकिन्छ भनेर छलफल गर्नेछौं ।
२२ बर्षीया गर्भवती महिला ६ महिनादेखि दाम्लोमा बाधिन बाध्य Reviewed by Google Girl on 6:24:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.