Top Ad unit 728 × 90

News
News

मलेसियामा एक नेपालीको उपचारका क्रममा मृत्यु

क्वालालम्पुर । कामको सिलसिलामा घाइते भएका एक नेपाली मजदूरको उपचारका क्रममा मृत्यु भएको छ ।
रोजगारीका लागि डेढ बर्ष पहिला मलेसिया आएका बाग्लुङ खुगाँ गाविस ७ का २८ बर्षीय बिमल फाक्मीको उपचारका क्रममा मृत्यु भएको हो । उनी मलेसियाको रावाङ सान्तोषामा रहेको एक जस्तापाता कम्पनीमा काम गरिरहेका थिए । कम्पनीम आफ्नो डिपोटभन्दा बाहिर साथीलाई काममा सघाउन पुगेका उनी जस्तापाता बन्ने रोलले च्यापिएर गम्भीर घाइते भएका थिए । साथीहरुले उनलाई तत्काल उद्धार गरेर कम्पनीको पहलमा सुगाइवुलो अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृतक बिमलको शवको पोष्टमार्टम भइसकेको र पार्थिव शरीर नेपाल पठाउने तयारी भइरहेको छिमेकी कर्णबहादुर बुढाथोकीले अनलाइनखवरलाई जानकारी दिए ।
मलेसियामा एक नेपालीको उपचारका क्रममा मृत्यु Reviewed by Google Girl on 3:07:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.