Top Ad unit 728 × 90

News
News

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी सुनसरी इनरुवाकी २२ वर्षीय निशा तामाङ को घर बनाएर विवाह गर्ने सपना अधुरै

काठमाडौं २५ साउन | सोमवार दुर्घटनामा परेको हेलिकोप्टरमा एकजना नर्स पनि थिइन्, जो बिरामीकै सेवामा थिइन् । इनरुवाकी निशा तामाङ गोरखामा रहेर नर्सिङ सेवा दिइरहेकी थिइन् । बिरामीलाई काठमाडौं ल्याउनुपर्ने भएपछि उनी सँगै काठमाडौं आउनु परेको थियो । ड्युटीमा खटिएकी उनी अन्य ७ जना सहित सदाका लागि बिदा भइन् ।उनी अघिल्लो रात पनि एकजना सुत्केरीको अवस्था जटिल
भएकाले राति ३ बजे मात्रै सुतेको उनका साथीहरु बताउँछन् । उनी परिआउँदा कामबाट नभागने स्वभावकी भएकाले बिरामीलाई लिएर काठमाडौं आउने जिम्मा परेको उनकी एक साथीले बताइन् ।निशा फिड नेपाल अन्तर्गत नर्सिङ सेवा दिन गोरखा पुगेकी थिइन् । निशाको स्थायी घर सुनसरीको इनरुवा हो । इनरुवावाट एसएलसी गरेकी निशाले जनकपुरवाट पीसिएल स्टाफ नर्स गरिन् । त्यसपछि केही समय इटहरीको टिआर अस्पतालमा काम गरेपछि ओखलढुंगाकै पारामेडिकल कलेजमा दुई वर्ष पढाइन् । गत फागुनमामात्रै फिड नेपाल नामक संस्थावाट भूकम्प प्रभावित क्षेत्र गोरखा गएकी हुन् । श्रोत स्वास्थ्य खबर |
बुबाले घरजग्गा बेचेर मलाई स्टाफ नर्स पढाउनु भएको छ । मेरो पढाइका कारण हामी घरबारविहीन भएका छौं । पैंसा कमाएर पहिला घर बनाएर बुबाआमालाई राख्छु अनि मात्र विवाह गर्छु भन्थी', नुवाकोटमा सोमबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी निशा तामाङकी ८० वर्षीया अजी (हजुरआमा) सुनमाया शाक्य भावविह्वल भएर नातिनीको योजना सुनाउँदै थिइन् । उनी निष्ठुरी दैवसँग बिलौना गर्दै थिइन्, 'मेरी नातिनी हामी सबैलाई छाडेर बिदा भई । कलिलैमा किन चुँडिदियौ मेरी नातिनीलाई ? ' हेलिकोप्टर दुर्घटनामा परी नातिनीको निधन भएको खबरपछि वृद्धा सुनमाया शाक्यले मन थाम्न सकिरहेकी छैनन् । 'जागिरबाट बिदामा आउँदा घर नगई पहिला अजी भन्दै मामाघर आउँथी, अब मलाई कसले अजी भन्छ । मलाई एक्लै छोडेर गई', उनले बिलौना गरिन्, '१ देखि ७ कक्षासम्म मैले नै पढाएर हुर्काएकी थिएँ ।' सानुमायालाई सान्त्वना दिन उनको घरमा भेला भएका आफन्त पनि सानुमायासँगै रोइरहेका थिए । छुट्टीमा आउँदा मोबाइल ल्याइदिन्छु भनेर एक घन्टा अगाडि फोनमा बोलेकी निशाको मृत्युको खबरले मावली घरमा पनि रुवावासी छ । सोमबार नुवाकोटामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा सुनसरी इनरुवा बजारकी २२ वर्षीय निशाको निधन भएपछि इनरुवा र इटहरी यतिबेला शोकमा छ । निशाको मामली घर इटहरी र इनरुवाको महेन्द्र चोकमा भएको उनको घरमा भेला भएका निशाका आफन्तहरूमा रुवाबासी छ । निशाको मृत्युको खबरले उनका मावली हजुरबुबा ८१ वर्षीय नरबहादुर शाक्य पनि बेहोस छन् । निशा गत फागुनदेखि फेस नेपाल नामक गैरसरकारी संस्थामार्फत गोरखाको श्री दिवास, चुम्पेत र छेकम्पार गाविसको स्वास्थ्य चौकीमा स्टाफ नर्सका रूपमा कार्यरत थिइन् । माथिल्लो गोरखाको दुर्गम गाविसमा ६ महिना काम गरेकाले सुगम ठाउँमा सरुवा मिलाउन निशा फेस नेपालको काठामाडौंस्थित केन्द्रीय कार्यालयमा आउने क्रममा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । निशाको निधनको खबर सुनेपछि उनकी आमा हिमाली शाक्य बेहोस भएकी छन् । बाबु नरेन्द्र तामाङ छोरी पठाउँदा लागेको ऋण तिर्न वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । घरमा भएका दुई नाबालक भाइहरू पनि दिदीको मृत्युको खबरले शोकाकुल छन् । सानै उमेरदेखि लगनशिल र मेहनती निशाले एसएसली पास गरेपछि स्टाफ नर्स पढ्ने इच्छा गरेकाले बाबु नरेन्द्रले इनरुवाको महेन्द्र चोकमा रहेको एकतले घर र ७ धुर जग्गा बेचेर जनकपुरमा स्टाफ नर्स पढाएका थिए । रिसाउँदा पनि हासीहासी बोल्ने भान्जी सानैदेखि मामाघरमा बसेका कारण उनको निधनले मावली परिवारलाई समेत ठूलो घात पुर्‌याएको निशाका मामा तोरण शाक्यले बताए । निशाकी माइजू हीरा शाक्यले दुर्घटना हुनुभन्दा एक घन्टा अगाडि भान्जीले फोनमा हप्ता दिनपछि घर आउँछु भनेको बताइन् । कक्षा १ देखि ७ सम्म ओखलढुंगा बजारमा रहेको मावलीघरमा बसेर अध्ययन गरेकी निशाले इनरुवाको भगवती उच्च माविबाट एसएलसी पास गरेकी थिइन् । चार वर्ष अगाडि जनकपुरबाट स्टाप नर्स पास गरेर दुई वर्षसम्म निशाले ओखलढुंगाको पारामेडिकल कलेजमा अध्यापनसमेत गरेकी थिइन् । माथिल्लो गोरखाका तीन दुर्गम गाविसमा रहेका स्वास्थ्य चौकीमा सुपरभाइजरका रूपमा काम गर्दै आएकी निशा सोमबार सुगम क्षेत्रमा सरुवा मिलाउन हेलिकोप्टरमा काठमाडौं आउँदै गरेको फेस नेपालका कार्यक्रम संयोजक रुद्र न्यौपानेले बताए । ६ महिनाको छोटो समयमा असल र कर्तव्यनिष्ठ कर्मचारीको पहिचान बनाएकी निशाको निधनले संस्थालाई समेत अपुरणीय क्षति पुगेको उनले बताए । निशाको निधनपछि आमा हिमाली शव बुझन मंगलबार काठमाडौं गएकी छन् ।
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी सुनसरी इनरुवाकी २२ वर्षीय निशा तामाङ को घर बनाएर विवाह गर्ने सपना अधुरै Reviewed by Google Girl on 10:31:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.