Top Ad unit 728 × 90

News
News

आदर्श गृहले जोयाको उद्धार गरेको हो भने जिबन लाइ कानुनको दायरा मा ल्याउनुपर्थ्यो तर यहाँ उद्धारको नाउँमा डलर पचाई जोयालाई देश निकाला गरि जीवनको परीवार माथी अन्याय गरेको खुलासा :

बर्तमान राना/भाद्र ५, काठमाडौं । .
मानिलिनुस; जिवनले गल्ती नै गरे । आदर्श गृहले जिवनलाई कानुनको दायरामा लानु पर्छ कि पर्दैन ? जोयालाई बुहारीले पाउनु पर्ने न्याय दिलाउनु पर्छ कि पर्दैन ? कि उल्टै बुहारीलाई अबैधानिक दुई सन्तान संगै सात लाख तिराउदै माईती पठाएर लु है उद्धार गरियो, भयो भन्दै गर्व गर्नु पर्ने हो!? यसो गरिरहदा नेपाल संगै साढे तीन करोड नेपालीको ईज्वत विश्व बजारमा के भाउमा बिक्यो होला ? यो कति सम्मको बुद्धिमानी हो समाज सेवाको नाउमा। हाम्रो चेलि दुई सन्तान बोकेर माइती आईन भने हामी र हाम्रो समाजले के भन्छौ र के गर्छौ ? अधिकारबादी हो जोया र बच्चाहरूलाई अधिकार फिलिपिनमा हैन उस्को हक लाग्ने नेपालमा हकअधिकार दिलाउ नत्र बेवकुफी खेती नगर ,,, जोया र बच्चाहरु प्रती अन्तर आत्मै देखि अनगिन्ती सहानुभुती छ हाम्रो ..
अनलाइन मिडियामा छाएका जिया र जिबन थापाको सम्बन्ध र जीवन थापालाई लागाईएको आरोपहरु मिडियाहरुले फैलाईएको अफबाह मात्र रहेको पुस्टि भएको छ । उनीहरुको समाचार ब्यापक भए पनि जिबन थापाको बारेमा पुष्ट विवरण भने आएका थिएन । यस बारे डीके मिडियाले खोज तलाश गर्दै जादा जिबन थापाको पुरा नाम जीवन थापा मगर रहेको वहाको स्थायी ठेगाना केरुंग-८, सोलुखुम्बु रहेको थाह हुन् आएको छ । बिगत ६ बर्ष अघि मात्र कंचनपुरबाट रोजीरोटीको सवालसंगै बसाइ सराई गर्दै चितवनमा अस्थायी बसोबास गर्दै आएको पाईएको छ ।थापामगर टुहुरा हुनुन्छ । गत २०७२ सालको साउनमा काठमाडौंमा उपचारका क्रममा उनका बुबा बल बहादुर थापा मगर ज्यांडीसबाट मृत्यु भएको थियो र वहाको अन्तीम काजक्रिया पनि कालोपुल काठमाडौं गरिएको थियो भने थापा र जिया उनका आमा पूर्ण माया मगरसंग चितवन बस्दै आएको छ । बिगत केहि समयदेखि भने छुट्टै कोठा लिएर जिया र थापा परिवारसंगै बस्दै आएको पाईएको छ । उनीहरुको आर्थिक स्थिति नाजुक भए पनि उनीहरु बिचमा अत्यान्त सुमधुर सम्बन्ध रहेको र एकले अर्कालाई अत्यन्त माया गर्ने पाईएको छ । एक दिन बिहान जिया र थापाबीच सामान्य बिबाद भएको पाएपछी यहि बिषयलाई बिबादको केन्द्र बनाएर चितवन स्थित आदर्श संस्थाले जोया लगायत दुइ बच्चालाई उठाएर संस्थामा लगेको पाईएको छ । यसरी आफ्नो श्रीमती लगायत बाल बच्चा लगेपछी आफ्नो कोठामा फर्काउन थापा र उसको आमा पूर्ण माया मगर दशौँ चोटी संस्था पुगेको तर संस्थाले कहिल्यै पनि भेट्न नदिएको उल्टै हप्काई दप्काई गरेर फर्काउने गरेको खुल्न आएको छ र मिडियाहरुले अत्यान्तै बिजोक अबस्थामा बाटोबाट उद्दार गरेको भनीए पनि जिया र दुइ नाबालकलाई कोठाबाट उठाएर लागिएको खुल्न आएको छ र मिडियामा छाए जस्तो सडकमा बेबारिसे भएको , कयौं दिन देखी भोको राखेको, कुट्ने पिट्ने गरेको, जीवनले ड्रग्स खाने गरेको, पुरै बेवास्ता गरेको भन्ने निराधार हल्ला फैलाईएको देखिएको छ ।
जुन हल्ला संस्थाले गरेको खुल्न आएको छ । जुन दिन आदर्श संस्थाले बुहारी बच्चा उठाएर लागे त्यस दिन मेरो कामले बाहिर गएको थिए काम सकेर घर आउदा बुहारी र नानीहरु थिएन र जीवनलाई सोधे खै बुहारी नानिहरु ! भनेर सोध्दा निन्याउरो मुख लगाउदै मान्छेहरुले लिएर गए भने पछी म तर्सिए र वरिपरी सोधखोज गर्दा आदर्श संस्थामा लागेको थाहा पाए र तुरुन्तै बुहारीलाई फर्काउन जीवनलाई लिएर संस्थाको कार्यालय पुगे र बुहारी जिया र नानि लिन आएको बताउदा संस्थाका ठुला मान्छेले जोड जोडसंग गाली गरे हप्काए, अब मुद्दा लगाउने, तिमीहरुलाई कारबाही गर्ने भनेर धम्काए । अनि जिया र नानिहरुलाई फर्काउन नसकिने भने पछी हामि आमा छोरा निराश भएर घर फर्कियौ ।एक दुइ दिनको अन्तर पारेर बुहारी र नानीहरुलाई भेट्न जान्थ्यौ तर संस्थाले कहिल्यै भेट गर्न दिदैनथ्यो । हो हामि गरिब छौ, तर बुहारी र नानीहरुलाई एक छाक खाना, लाउन र माया स्नेहमा कहिल्यै कमि थिएन । खै किन यस्तो गर्यो ? आमा पूर्ण माया मगरले टेलिफोनमा बताए उनले भने “हाम्रो स्थायी ठेगाना सोलुखुम्बु, अनि अस्थायी बसाई चितवन, अनि सरकारी प्रक्रिया नबुझ्नको कारणले नानीहरुको जन्म दर्ता, नाता प्रमाणित, बिबाह दर्ता, तथा नागारिकता बनाउन सकेनौ तर उनिहरुसंग त हाम्रो रगतको नाता कायम भईसकेको छ त्यो त हाम्रो आँखाले हेर्न सक्छौ नि !
यहि कमजोरीमाथि टेकेर हाम्रो सन्तानलाई आज त्यो आदर्श संस्था र प्रसासनले अबैधानिक ठहर्याउदै टाढा पुर्यायो । बिदा हुने दिन जिया र जीवन लामो समय अंकमाल गरेर धेरै रुए, आशु झारे तर हामि त निरिह भएर हेर्न बाहेक केहि गर्न सकेनौ । बरु उल्टै मानसिक तनाब डर धाक धम्कि खेप्यौ । त्यो आदर्श संस्थाले म र छोरालाई बारम्बार भन्थ्यो- काम हुन लाग्यो ७/८ लाख क्षेतीपूर्तिको लागि तयार गर्नु नत्र कारबाही होला । तनाब हुन्थ्यो कहाँबाट ल्याउनु होला त्यत्रो पैसा! निद्रा लाग्दैनथ्यो ..म छोरालाई गालि गरि रहन्थे.. जिबन पनि रुन्थे” आमाले भने । यसरि यी सम्पूर्ण घटना हेर्दा नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता नभएकै कारण नेपालको बसाई अबैधानिक भएको ठहर गर्दै लामो समय लगाएर संस्था र प्रसासनले फिलिपिन्स एम्बेसीसंग पत्राचार गरि खर्च झिकाएर जियालाई उसको परिवारबाट छुटाएर देश निकाला गरेको देखिन्छ । यहा प्रश्न उब्जन्छ किन प्रसासनले त्यत्रा दुइ दुइ बच्चा हुदा हुदै पनि तिनलाई नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता लगायतका आधिकारिक कागजातका लागि पहल गरेन ? त्यो संस्था र प्रसासन माथिको गम्भीर प्रश्न हो । आउनुहोस एक जुट हौ कि अन्यायमा परेको जिबन थापा मगर र उनको परिवारको न्यायको लागि आवाज बुलुन्ध पारौ । (थप अझ प्रस्ट हुनका लागि जीवन थापाको आमा पूर्णमाया मगर ९८१९२४७२८६ र मामा कामे मगर ९८५११९१०७१ मा कल गर्न सक्नु हुनेछ) डीके मिडियामा खबर छ ।
आदर्श गृहले जोयाको उद्धार गरेको हो भने जिबन लाइ कानुनको दायरा मा ल्याउनुपर्थ्यो तर यहाँ उद्धारको नाउँमा डलर पचाई जोयालाई देश निकाला गरि जीवनको परीवार माथी अन्याय गरेको खुलासा : Reviewed by Google Girl on 9:31:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.