Top Ad unit 728 × 90

News
News

अष्ट्रेलियामा बस्दै आएकी यी दीपा राइले कतारमा कार्यरत दीपकलाई फेसबुकमा कमेन्ट गरेकै भरमा देश निकाला गर्यो ..दुखको कुरा

काठमाडौं–कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट देश निकाला गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ ।
अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो । राई विदेशमा कार्यरत नेपालीको हितको लागि काम गर्ने एनआरएनको बैदेशिक रोजगार तथा आप्रवासन कल्याण समितिमा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्छन् ।लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर फिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र एसएफडीले पक्राउ गरिसकेको थियो । उनलाई एक जना नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएपछि सेन्टरबाट बाहिर निकालेका थिए।
अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाएकी राईले ‘लामिछानेले आफ्नो फेसबुक स्ट्याटसमाथि गालीगलौज गरेर कमेन्ट पोष्ट गरेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन् । गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गरेकी थिइन् । त्यसउपर लामिछानेले प्रचण्डको बचाउ गर्दै राईको आलोचना गरेका थिए । ११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न नेपाल सरकारले कतारलाई आग्रह गरेको छ । – कान्तिपुर दैनिक
अष्ट्रेलियामा बस्दै आएकी यी दीपा राइले कतारमा कार्यरत दीपकलाई फेसबुकमा कमेन्ट गरेकै भरमा देश निकाला गर्यो ..दुखको कुरा Reviewed by Google Girl on 9:00:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.