Top Ad unit 728 × 90

News
News

आपतकालीन अवस्था मा सबैलाई सहयोग गर्न अघि सर्ने पाइलट रंजन् लिम्बु आकाशमा कहिल्यै नथाक्ने पाइलट थिए

काठमाडौं,२४ साउन । नुवाकोटमा दुर्घटनाग्रस्त फिसटेल हेलिकोप्टरका चालक रञ्जन लिम्बु एउटा सक्षम पाइलट मात्र थिएनन्, उडान सर्कलमा उनले असल सेवकको छवि पनि बनाएका थिए। बेलायती लाहुरेको छोरा रञ्जनलाई यहाँ हेलिकोप्टर उडाएर जागिर खानुपर्ने आवश्यकता थिएन। तर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना भएका रञ्जन बेलायतमै पढे पनि परिवार छोडेर नेपाल फर्किए र २०११ मा
फिस्टेल एयरमा सेवा सुरु गरे। खासगरी आपतकालीन अवस्थामा मानिसलाई सेवा गर्न भनेपछि रञ्जन हुरुक्क हुन्थे । अरुको ज्यान जोगाउन जोखिम मोलेर उनी हेलिकोप्टर उडाउँथे । खराब मौसम र प्रतिकुल अवस्थामा पनि उनी उडानका लागि सधै तयार हुन्थे । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नाँइनास्ती नगर्ने उनको बानीका कारण उनी सबैका प्रिय र प्रशंसनीय थिए।फिसटेल एयरका सिनियर अप्रेशन म्यानेजर राकेश राणाले भने, उसले नाँइ भनेको नै सुनिएन। सधै तयार हुन्थ्यो अनि हाँसिरहन्थ्यो। थकाइ लागेको छ पनि उसले कहिल्यै भनेन। फिसटेल परिवारमै रञ्जन प्रेरणाको स्रोत रहेको बताउँदै राणाले भने, उसको सेवाभाव देखेर हामी अचम्मित हुन्थ्यौं।गोरखाको गाउँमा सुत्केरी छटपटाएको खबर सुन्नासाथ हेलिकोप्टर उडाउन पहिले रञ्जन नै तयार भएका थिए। खराब मौसम र विकट अवस्थितिलाई उनले परवाह गरेनन्। तर सुत्केरीलाई बचाउने उनको सपना पुरा भएन। आफुले पनि विदा लिनुपर्ने भयो।नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रञ्जनको उडान यात्रा निकै साहसिक र रोमाञ्चक देखिन्छ। हेलिकोप्टर उडानमा अनुभवी रञ्जन निकै विकट ठाउँहरुमा पनि उच्च आत्मविश्वासका साथ साहसिक उडान गर्दै आएका थिए।सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले
भने,रञ्जन भाइ निकै सक्षम र आँटिलो पाइलट थियो। यो घट्ना सु्न्दा दुःख लाग्यो।जहाँ उडे पनि त्यहाँ अनौठा र सुन्दर तस्बिरहरु कैद गरेर फेसबुकमा पोस्ट गर्ने रञ्जन एरियल फोटोग्राफीमा निकै रमाएको देखिन्छ। संभवतः गोरखा जाँदा र फर्किदा पनि उनले थुप्रै तस्बिरहरु थिए। तर अरु दिनजस्तो फेसबुकमा पोस्ट गर्न भने पाएनन् । उनले अकल्पनीय दुर्घटना बेहोर्नुपर्यो ।झापा धाइजन पिपलडाँगी घर भएका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा सेवा सुरु गरेका थिए । को–पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडान सम्पन्न गरिसकेका छन्। २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर बेलायती लाहुरे हुन्। रञ्जनको परिवारका धेरै सदस्य अहिले पनि विदेशमा छन्।
आपतकालीन अवस्था मा सबैलाई सहयोग गर्न अघि सर्ने पाइलट रंजन् लिम्बु आकाशमा कहिल्यै नथाक्ने पाइलट थिए Reviewed by Google Girl on 11:41:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.