Top Ad unit 728 × 90

News
News

अघिल्लो दिन साझमा मुस्कुरौदै चिहानमा फोटो खिचेको एयर होस्टेजको भोलि पल्ट बिहानै दुर्घटनामा मृत्यु

नयाँदिल्ली: यो एउटा नियोजित संयोग मात्रै हो, त्यसको अलाबा अरु केही पनि होइन । भारतको राजधानी नयाँ दिल्लीमा एयर होस्टेस शाकम्भरी जुत्शीले बिहीबार साँझ एक चिहानमा मुस्कुराउँदै आफ्नो फोटो फेसबुकमा हालिन् । शुक्रवार बिहानै सडक दुर्घटनामा उनको ज्यान गयो ।
शाकम्भरी एयर इन्डियामा एयरहोस्टेस थिइन् । एयर इन्डिया कोलोनीमै उनी बस्थिन् । दिल्ली एयरपोर्ट गइरहेका बेला उनी दुर्घटनामा परिन् । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीकै वसन्त कुञ्जको रजोकरीमा उनी सवार कारलाई ट्रकले ठक्कर दियो । पुलिस तत्कालै घटनास्थलमा पुग्यो । ट्रकले ठक्कर दिएको ठाउँमा अन्य गाडी पनि क्षतिग्रस्त थिए । पुलिसले घाइतेहरुलाई तत्कालै स्पाइनल इन्जुरी सेन्टरमा लग्यो । ३६ वर्षीय शाकम्भरीको त्यहीँ मृत्यु भयो ।शाकम्भरीले बिहीबार साँझ फेसबुकमा एक तस्बिर हालेकी थिइन् । जुन फोटोको पृष्ठभूमिमा एक चिहान देखिएको थियो । उनी एक बेन्चमा बसेकी थिइन् । उनले मुस्कुराउँदै पछाडि हेरिरहेकी थिइन् । उनले चिहान अगाडि खिचेको फोटोमा कमेन्ट गर्दै उनका साथीहरुले धेरै सुन्दर देखिइरहेकी छौ भनेका थिए । केहीले उनको मुस्कान साह्रै प्यारो देखिएको भन्दे कमेन्ट गरेका थिए । उनका केही साथीहरुले यही फोटोमा चिहानको फोटो आफूहरुलाई मन नपरेको पनि बताएका थिए । र, उनीहरुलाई शाकम्भरी चिहान भएको स्थानबाट अन्यत्र जान पनि सुझाएका थिए । तर शुक्रबार उनको ज्यान गएपछि साथीहरु त्यही फोटोमा ‘हार्दिक श्रद्धाञ्जली (रिप) लेखिरहेका छन् ।
अघिल्लो दिन साझमा मुस्कुरौदै चिहानमा फोटो खिचेको एयर होस्टेजको भोलि पल्ट बिहानै दुर्घटनामा मृत्यु Reviewed by Google Girl on 9:14:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.