Top Ad unit 728 × 90

News
News

२६ वर्षीया एक महिला ले एकै पटक चार बच्चा जन्माए ...

भाद्र १, २०७३- वीरगन्ज २९ सुगौलीबिर्ताकी २६ वर्षीया ताजमा खातुनले मंगलबार चम्ल्याहालाई जन्म दिएकी छन् । वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उनले बिहान ९ बजेर २० मिनेट देखि २५ सम्म चम्ल्याहा जन्माएकी हुन् । यिनमा ३ छोरा र एक छोरी छन् । चारमध्ये पहिलो शिशु मृत जन्मिएको थियो ।
चिकित्सकका अनुसार बाँकी ३ शिशु स्वस्थ छन् । मृतक छोरा थियो । एक किलोको उक्त शिशु ९ बजेर २० मिनेटमा जन्मिएको थियो । ६ सय ५० ग्रामको अर्को छोरा ९ बजेर २१ मिनेटमा, ६ सय ५ ग्रामको तेस्रो छोरा त्यसको २ मिनेटपछि र ६ सय १५ ग्रामकी कान्छी छोरी त्यसको २ मिनेटपछि जन्मिएकी थिइन् । अस्पतालकी स्त्री तथा प्रसूति चिकित्सक तरन्नुम खातुन नेतृत्वको टोलीले उनको प्रसूति गराएको थियो । मृतक शिशुको पेट बाहिर निस्किएको, हातखुट्टा र टाउकाको राम्रोसँग विकास भएको थिएन । अन्य शिशुका शरीरका सम्पूर्ण भागको विकास भएको देखिन्छ । सबै शिशुलाई एनआईसीयू कक्षमा राखिएको छ । गर्भ रहेको २४ सातामै ताजमाले शिशु जन्माएकी हुन् । सामान्य अवस्थामा शिशु ४० सातामा जन्मिए पनि गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । ताजमाले गर्भ रहेको ६ महिना पुरा भएर सातौं लागेपछि यी शिशु जन्माएकी हुन् । उनका पति नासिर अहिले नारायणगढमा बिजुली मजदुरका रूपमा कार्यरत छन् । उनीहरूका यस अघि २ र ४ वर्षका २ छोरा छन् । ताजमाले सबै शिशुलाई बिनाशल्यक्रिया सामान्य अवस्थामै जन्माएकी थिइन् । ‘४ वटै सन्तान सकुशल जन्मिएको भए खुसी झन् बढी हुने थियो,’ उनले भनिन्, ‘तर ईश्वरले जे चाहे त्यो गरे ।’ पति नासिर खबर सुनेर घर फर्केका छन् । चिकित्सक तरन्नुमले गर्भ रहेदेखि नै ताजमा नियमित सम्पर्कमा रहेको बताइन् । उनका अनुसार ४ मध्ये पहिलो जन्मिएको शिशुको मुटुको धड्कन गर्भमै बन्द थियो । उक्त शिशुको मृत्यु भएको हुन सक्ने उनले बताइन् । ‘तर अन्य ३ शिशु सामान्य अवस्थामा थिए,’ उनले भनिन्, ‘अन्य शिशुको शारीरिक वृद्धि पनि गर्भमा उमेर अनुसार सन्तोषजनक थियो ।’ मरेको शिशुको कारण अन्यलाई खतरा हुनसक्ने भएकाले गर्भको नियमित जाँच र आवश्यक औषधि दिने काम जारीरहेको उनले बताइन् । सबै शिशुको गर्भमा पानीको थैली छुट्टाछुट्टै भएकाले मरेको शिशुबाट अन्य शिशुलाई संक्रमण वा अन्य खतरा नभएको उनले बताइन् । गर्भावस्थामा ताजमाले पेट दुख्ने गरेको बताए पनि सुत्केरी व्यथा पहिलो पटक लागेको चिकित्सक तरन्नुमले जानकारी दिइन् । डेढ दशक चिकित्सकीय अभ्यासमा आफूले दोस्रो पटक चम्ल्याहा सन्तान जन्मेको देखेको तरन्नुमले बताइन् । दुई वर्षअघि यसै अस्पतालमा चम्ल्याहा जन्मिएका थिए ।
२६ वर्षीया एक महिला ले एकै पटक चार बच्चा जन्माए ... Reviewed by Google Girl on 5:32:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.