Top Ad unit 728 × 90

News
News

नेपाली खादा प्रयोग गरौं ! विदेश खादा प्रयोगमा रोक लगाइयो

१२ भदौ, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया बाहिरिने भन्दै सचिव प्रेमकुमार राईको निर्देशनमा मन्त्रालयले त्यस्तो निर्देशन जारी गरेको हो ।
मन्त्रालयले आफु मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगमआदी विभिन्न ४० वटा निकायलाई परिपत्र गर्दै मन्त्रालयले आइन्दा स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न निर्देशन दिएको हो । यस्तै खादा प्रयोग गर्नु परेमा नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । यसअघि शुक्रबार मन्त्रीको स्वागतका क्रममा पनि मन्त्रालयले एउटा मात्र नेपाली ढाकाको खादा प्रयोग गरेको सहसचिव घनश्याम शर्माले जानकारी दिए । ‘विदेशी खादा रोक्दा राज्य कोषको पैसा जोगिने, नेपाली उत्पादनलाई प्रोत्साहित गर्ने, थोरै भएपनि व्यापार घाटा कम होस् भन्ने उदेश्यले यस्तो निर्णय गरिएको हो,’ सहसचिव शर्माले भने, ‘मन्त्रालयको परिपत्र अनुसार सम्वन्धित कार्यालयले कार्यान्वयन गरेको रिर्पोट आएका छन् ।’ यस्तै मन्त्रालयले विदेशी भाषामा लेखिएका खादामा समेत प्रतिवन्ध लगाएको छ । मन्त्रालयले नेपालमा उत्पादन भएको खादामा सम्भवभएसम्म पर्यटन विकासलाई प्रवद्धन गर्ने भाषा र तस्विरको प्रयोग गर्न निर्देशन जारी गरेको हो । यसअघि मुख्य सचिवको नेतृत्वमा हुने सचिवबैठकमा समेत पाहुना तथा अतिथीको स्वागतमा प्रयोग हुने विदेशी खादाको प्रयोग र आयातमा रोक लगाउनुपर्नेबारे छलफल भएको थियो । उत्त वैठकमा छलफल भएपनि निर्णय भएको थिएन । सरकारले कुनै निर्देशन नदिएपनि पर्यटन मन्त्रालयले भने आफ्नो मातहतका कार्यालय र निकायलाई त्यस्तो निर्देशन जारी गरेको हो ।
नेपाली खादा प्रयोग गरौं ! विदेश खादा प्रयोगमा रोक लगाइयो Reviewed by Google Girl on 10:36:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.