Top Ad unit 728 × 90

News
News

चण्डीभन्ज्याङ बस दुर्घटना,मृत्यु हुनेको सख्या २५

भाद्र १४, २०७३- चितवनको चण्डीभन्ज्याङ–६ कालीखोलामा भएको बस दुर्घटनामा परी बेपत्तामध्ये फेला परेका ३ जनाको शव मंगलबार सनाखत गरी आफन्तले बुझी लगेका छन् । दुर्घटनामा मृत्यु हुनेको सख्या २५ पुगेको छ । दुर्घटना भएको बस अहिलेसम्म नदीबाट बाहिर निकालिएको छैन ।
गौरबाट पोखरा जाँदै गरेको ग१ख ३७०९ नम्बरको यात्रु बाहक बस सह त्रिशूली नदीमा खस्दा हराइरहेका मध्ये मुडवलवा ८ का रवीरन्जन यादव, मुकेश राम र गरुडा ५ का सञ्जय यादवको शव सनाखत गरी आफन्तनले बुझी लगेको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए । उनले भने, ‘बाकी बेपत्ताको खोजी भइरहेको छ ।’ तीनैजनाको शव दुर्घटनास्थलबाट झण्डै ६० किलोमिटर दक्षिण मेघौली र त्रिवेणीको ब्यारेजमा फेला परेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा बेपत्ता भएको भन्दै मंगलबार सम्म १३ जनाले खोजतलासका लागि जिल्ला प्रहरीमा निवेदन दिएका थिए । तीमध्ये ३ जनाको शव फेला फेला पारे पनि बाँकी १० जना हराइरहेको आफन्तले बताए । दुर्घटनामा चार भारतीयसहित २२ को ज्यान गएको थियो । दुर्घटनामा १६ घाइते भए । प्रहरीले तथ्यांकअनुसार बसमा चालकसहित ४२ यात्रु रहेको र तीनमा ४ जना मात्र बेपत्ता भएको जनाएको छ । बसमा गौरबाट ३० र चन्द्रनिगाहपुर काउण्टरबाट ९ यात्रु चढेका थिए । यात्रु बोकेर बिहीबार साँझ ७ बजे छुटेको बस बिहान साढे ३ बजे नदीमा खसेको हो । मृतकमा १९ पुरुष र ३ महिला छन् । ९ पुरुष २ महिला र ५ बालक घाइते छन् । बेपत्ताको खोजीमा प्रहरी र सशस्त्र प्रहरीको बिपद ब्यवस्थापन कुरिनटारको टोली लगातार जुटेको छ ।
चण्डीभन्ज्याङ बस दुर्घटना,मृत्यु हुनेको सख्या २५ Reviewed by Google Girl on 12:23:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.