Top Ad unit 728 × 90

News
News

आज फेरी नवलपरासीको बर्दघाटमा जीप दुर्घटना ४ को मृत्यु, ११ घाईते

श्रावण ३२, २०७३ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जादै गरेको ना १ ज १३१७ नम्बरको जिपको ब्रेक फेल भई सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक शुक्रौली ८ का २८ बर्षीय सुधाखर पाण्डे, सरावल गाविसका २५ बर्षीया चनमति थारु र २० बर्षीया चेतकुमारी थारु तथा भारतीय नागरिक अन्दाजी २६ बर्षीय चिन्तु सहनीको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । यस्तै, शव पोष्टमार्टमका लागि परासीस्थित पृथ्वी चन्द अस्पताल लगिएको छ ।
आज फेरी नवलपरासीको बर्दघाटमा जीप दुर्घटना ४ को मृत्यु, ११ घाईते Reviewed by Google Girl on 6:59:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.