Top Ad unit 728 × 90

News
News

हेर्नुहोस तपाईको आजको राशिफल ,वि.सं. २०७३ साल साउन ३० गते। आइतबार, २०१६ अगस्ट १४ तारिख।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesआफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
 बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusपरिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। दौडधुपमै समय बित्नेछ र चिताएको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।
 मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiवातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा सोचेको लाभ उठाउन नसकिएला। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। तर खर्च हुने डरले मन पिरोल्नेछ। पहिलेको सम्झौताबारे पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ। अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम समेत बन्नेछन्। सामान्य खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
 सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoअस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ। प्रतीक्षा गरिएको विषयमा सोचेको परिणाम प्राप्त नहुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। योजना कार्यान्वयनमा ल्याउन समस्या देखिए पनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ, धैर्यसाथ समय प्रतीक्षा गर्नुहोला।
 कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoसाझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो शैलीले पनि काममा पछि परिनेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
 तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraनौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। कर्मको उचित प्रतिफल पाइनेछ।
 बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioतारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
 धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusअवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारसमेत प्राप्त हुन सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ। परिश्रमको परिणामले आत्मविश्वास बढाउनेछ। )
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornसमयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। शुभचिन्तकहरू समेत टाढिन सक्छन्।
 कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusखोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आम्दानी भए पनि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
हेर्नुहोस तपाईको आजको राशिफल ,वि.सं. २०७३ साल साउन ३० गते। आइतबार, २०१६ अगस्ट १४ तारिख। Reviewed by Google Girl on 12:58:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.