Top Ad unit 728 × 90

News
News

जोया काण्ड:आदर्स गृहको संचालिका मिना खरेल को आक्रोस भन्छिन ज्यान मार्ने धम्कि आयो ..पुरा पढ्नुहोस !!

चितवन, फिलिपीनी नागरीक जोयाको स्वदेश फिर्तालाई लिएर सामाजिक संजालमा लगाइएको आक्षेपलाई आज आदर्श गृह चितवनले जिल्ला प्रसाशन कार्यलयको सभाहलमा पत्रकार सम्मेलन मार्फत दुःख ब्यक्त गरेको छ । सामाजिक संजालमा संचालिका मिना खरेल र आदर्श गृहको सुनियोजीत आक्षेप लगाइएको थियो । जोयाकै विषयलाई लिएर संचालिका खरेल लगाएतलाई ज्यान मार्ने धम्की समेत आएको
सम्मेलनमा जानकारी समेत गराईएको थियो ।विगत केही वर्ष देखी जोया पारीवारीक झमेलामा रहेको र उनि सडकमै आएपछि स्थानीएको खबरमा जील्ला प्रहरी कार्यालय स्थानीय महिला तथा अधिकार कर्मीको रोहवरमा उद्दार गरी प्रहरीले आदर्श गृहलाई संरक्षणको लागि जिम्मा दिएको थियो । जोयाको पिडा देखेर गृह लगाएत सरकारी निकायहरु जिल्ला प्रसाशन कार्यलय चितवन, जिल्ला प्रहरी कार्यलय चितवन, जिल्लाका सरकारी वकीलको कार्यलय चितवन , महिला तथा वालवालीका कार्यलय चितवन र जीवन थापा र उनको परीवारको समेत रोहवर तथा समन्वयमा आँफुहरुले काम गरेको आदर्श गृहले बताएको छ । गृहले बिदेशी डलर खाएको, जोयाको २ बच्चलाई गृहले जवरजस्ती ल्याएको, जोयालाई जिवन र उनका परीवारलाई भेट्न नदिएको र बच्चालाई बाबु बिहिन बनाएको आरोपमा कुनै सत्यता रहेको खरेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । संस्थाको आफ्नै विधान हुन्छ भेट्नको लाई निश्चित समय तालिका छुट्याएको छ त्यो बेला सम्बन्धीत परिवारको जो सुकै आउदा पनि भेट्न दिएको एव परिवारलाई मिलाउन धेरै कोसिस गर्दा पनि परिवार मिलन गाराउन नसकिएकोले जीयालाई उनकै खुसी र आग्रहमा फिलिपिन्स कन्सलटेन्स सग समन्वयन गरी माईती फीनिपिन्स पठाइएको जानकारी गराउनु भयो । संस्थाको नाममा कुनै देशबाट डलर आएको पुष्टि भए आँफु जुनसुकै सजाय भोग्न तयार रहेको भन्दै जोयाको २ छोराको ट्राभल कागजपत्रमा बाबुको नाम जीवनको भएकाले छोराहरुलाई आँफुहरुले बाबु बिहिन नबनाएको जिकिर गर्नुभयो । जोयालाई परीवारसंग भेट्न नदिएको आरोपमा प्रसंगमा खरेलले स्वदेश फिर्ता गराउने क्रममा धेरै जसो संगै भएको र उनिहरुको समन्वयमा नै अगाडी बढेको बताउनुभयो । परीवारको हिंसाका कारण बिचल्लिमा परेकी जोयाको गृहले चितवन नारायणगढको वालकुमारी रोडबाट उद्धार गरेको थियो । सामाजिक संजालमा भ्रम फैलाई चरित्र हत्या गर्न खोज्ने गीरोहको खोजी गरी छिटै कानुनी दायरामा ल्याउने स.प्र.जि.अ. चेतनारायण शर्माले बताउनु भयो साथै महिला बिकास कार्यलयका प्रमुख शान्ता कुमारी पौडेलले जोयालाई स्वदेश फिर्ता गराउन गृहको एक्लो प्रयास नभई सरोकारवालाहरुको सामुहीक प्रयास रहेको बताएका छन । श्रोत – अनलाइन बालग बाट
जोया काण्ड:आदर्स गृहको संचालिका मिना खरेल को आक्रोस भन्छिन ज्यान मार्ने धम्कि आयो ..पुरा पढ्नुहोस !! Reviewed by Google Girl on 11:14:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.