Top Ad unit 728 × 90

News
News

अर्घाखाँची जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो ..सबै मृतक को सनाखत भयो ..हेर्नुहोस मृत्यु हुनेहरुको नामावली सहितको रिपोर्ट

सन्धिखर्कः अर्घाखाँचीको हंसपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। अन्य चार जना घाइते छन्। अर्घाखाँचीको सन्धिखर्कबाट प्यूठानको बादीकोटका लागि छुटेको ग १ ज ४८७८ नम्बरको जीप आइतबार अपरान्ह हंसपुरको रतनमारे नजिक पोषपाटामा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र तीन जनाको
उपचारका क्रममा मृत्यु भएको डिएसपी नवरत्न पौडेलले जानकारी दिए। घाइतेहरुको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ। जीपमा १५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा अर्घाखाँची धारपानी ६ कीे ३६ बर्षीया कमला पौडेल, हंसपुर ५ का रामबहादुर घर्ती, मीनबहादुर केसी, हंसपुर १ का चेतबहादुर थापा, किमडाडाका गाडी धनी नारायण राना, सन्धिखर्क २ की सीता नेपाली, हंसपुर २ का हुमबहादुर घम, गुल्मी पुर्कोटदहका सीपबहादुर कुँवर, भेषबहादुर थापा, भनभनेका बुद्धिराम परियार, बांगेमरोठकी शोभासिंह रोकामगर रहेको घटनास्थलबाट स्थानीय शिक्षक इन्द्र रेग्मीले बताए । खन ७ का सुरज खनालकाे बुटवलमा जेनस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे । घाइते जीवलाल पोख्रेल, अनुज, एकता कुँवरको बुटबलमा उपचार भइरहेको छ । दुई जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार जारी छ । देउराली यातायात ब्यबसायी समितिको उक्त जिप सन्धिखर्कबाट दिउँसो १ बजे प्युठान बादिकोटका लागि छुटेको थियो । जीप सडकबाट करिब सात सय मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको प्रहरी जवान कुलचन्द्र पोखरेलले जानकारी थिए । गाडि चालक गुल्मीका उत्तम श्रीस अहिले प्रहरी चौकी हंसपुरको नियन्त्रणमा रहेको समेत प्रहरीले जानकारी गराएको छ । गाडी दुर्घटनाको कारण खुल्न नसकेको र कारणको खोजी भैरहेको प्रहरीले जनाएको छ । सजिलो बाटोमा दुर्घटना भएकाले दुर्घटनाको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन पीडितका आफ्न्तले माग गरेका छन् ।
अर्घाखाँची जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो ..सबै मृतक को सनाखत भयो ..हेर्नुहोस मृत्यु हुनेहरुको नामावली सहितको रिपोर्ट Reviewed by Google Girl on 10:28:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.