निमा डोल्मा लामाको हत्या आरोपमा डाक्टर र प्रेमि जेल चलान
आफ्नै पोलिक्लिनिकमा कार्यरत नर्सको हत्या आरोपमा पोलिक्लिनिक सञ्चाकल जेल चलान भएका छन् । बालकुमारीस्थित किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरमा कार्यरत नर्स निमा डोल्मा लामाको हत्या आरोपमा उक्त पोलिक्लिनिकका संचालक डा.देवकुमार साहलाई अदालतले जेल चलानको आदेश दिएको हो । त्यस्तै नर्स लामाकी प्रेमि उमेश साह पनि जेल चलान भएका छन् ।
गत साता दुवै जनालाई जिल्ला अदालत ललितपुरले पुपक्र्षका लागि जेल चलानको आदेश दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले बताए । गत २८ असारको राती पोलिक्लिनिकैमा झुन्डिएको अवस्थामा लामा भेटिएपछि उनका प्रेमि उमेशले उपचारका लागि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो । लामाले आत्महत्या गरेको साहको दाबी थियो । तर, मृतकका आफन्तले उनको हत्या भएको भन्दै प्रेमि उमेश र पोलिक्लिनिक संचालक डा.देवकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङगिङ’ नै आएको थियो । मृतकका आफन्तहरुले भने हत्या नै भएको भन्दै आन्दोलन गरेपछि प्रहरीले उमेश र डा.देवकुमारलाई ज्यान मुद्दा चलाएको थियो । काम गर्ने क्रममा ढिला भएपछि निमा र उमेश उक्त दिन पोलिक्लिनिकमै सुतेका थिए । सोही दिन उनीहरुबीच झगडा हु“दा डोल्मा झुन्डिएको प्रहरीको अनुसन्धानले देखाएको थियो । तर प्रहरीलाई खबर नगरी अस्पताल पु¥याएकाले उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

Reviewed by Google Girl
on
11:48:00 AM
Rating:
No comments: