Top Ad unit 728 × 90

News
News

राजेश पायल राईले खेमराज गुरुङ को अन्तेस्टी मा आशु थाम्न सकेनन ..हेर्नुहोस फोटो फिचर सहित

१२ भदौ, काठमाडौं । लोक गायक खेमराज गुरुङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आइतबार दिउँसो डेढ घन्टाका लागि प्रज्ञा भवन, कमलादीमा राखियो । श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक नेता, कलाकार र शुभेच्छुकहरूको बाक्लो भिड लागेको थियो ।
उनीहरू शोकमग्न थिए । गायक राजेश पायल राई बलिन्द्र धारा आँसु झारिरहेका थिए ।पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतले प्रज्ञा भवन पुगेर गायक गुरुङप्रति श्रद्धा सुमन अर्पण गरेका थिए । सञ्चारमन्त्री कार्कीले गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान श्रद्धा सुमन व्यक्त गरे ।यस्तै गायक राजेश पायल राई, रामकृष्ण ढकाल, संगीतकार सुरेश अधिकारी, चेतन सापकोटा लगायतका संगीतकर्मीहरू पनि श्रद्धाञ्जलिका लागि प्रज्ञा भवन पुगेका थिए । प्रिय गायकको बिदाइमा सबै जना शोकाकुल अवस्थामा थिए ।पार्थिव शरीर दिउँसो एक बजेदेखि सवा दुई बजेसम्म राखेर पशुपति आर्यघाट लगिएको थियो । बेलायतबाट शनिबार आएका गायक गुरुङका आमा र ठूली दिदीलाई आफन्तले आडभरोसा दिइरहेका थिए ।यसअघि आइतबार बिहान ८ बजे गायक गुरुङको पार्थिव शरीरलाई हेलिकोप्टरबाट गृहनगर खाँदबारी लगिएको थियो । आफ्ना क्षेत्रका लोकपि्रय गायकलाई अन्तिम पटक हेर्न र श्रद्धाञ्जलि अर्पण गर्न संखुवासभाका साथै सुनसरी, धनकुटा, तेह्रथुमदेखिका शुभेच्छुकहरूको ओइरो लागेको थियो । खाँदबारीमा दुई घन्टा राखेर पार्थिव शरीर काठमाडौं ल्याइएको हो ।कलेजोको समस्याबाट पीडित गुरुङको गत बिहीबार अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । गायक गुरुङको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनका श्रीमती र दुई छोरा छन् ।
राजेश पायल राईले खेमराज गुरुङ को अन्तेस्टी मा आशु थाम्न सकेनन ..हेर्नुहोस फोटो फिचर सहित Reviewed by Google Girl on 2:02:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.