Top Ad unit 728 × 90

News
News

एयरपोर्टमा जोया संगको भेटमा एक नेपालि युवाको सानो कुराकानी ...जोयाले गरिन मन छुने मार्मिक शब्दहरु ..जिन्दगि यस्तै रहेछ ... खोइ के भन्ने

आज जोया जी संग भएको भेटघाट र सानो कुराकानी

 कहाँ बाट सुरु गरुँ म .. जोयाजी लाइ पहिलो पटक बिमान बाट टर्मिनल भित्र पस्दा नै म उहा संग बोल्न सक्ने अवस्था मा थिएन .. मैले उहा लाई एक्कै चोटी म़ा चिने र मैले उहा को बारेमा मेरो
साथी हरु लाई पनि जानकारी दिए ... जब म मेरो काम को सिलसिला मा बॉर्दिङ्ग गेट मा गए .. तब मैले उहा लाई देखेर पनि बोलाउन सकिन .. उहा एउटा बाबु लाई आफ्नो काख मा राखेर सुताउनु भयो अनि अर्को बाबु चाही आफ्नो साथ मा सुतिरहेको थियो.. उहा मा तिर आफ्नो ट्रावल कागजात लिएर आउनु भयो .. अनि अंग्रेजीमा सोध्न खोज्दा मैले उहा लाई सोधिहाल्ये कि हजुर नेपाल बाट आउनु भएको होइन भनेर ..उहा एकदम खुसि हुनु भयो.. मैले उहा लाई भने कि मैले हजुर को बारेमा सुनेको छु हजुर को यो खबर ले गर्दा मा बोल्न नसकेको पनि बताए .. उहा ले एक्कै चोटी गह भरि आशु राखेर नेपाली भाषा मा भन्नु भयो ..
." जिन्दगि यस्तै रहेछ ... खोइ के भन्ने "
 मैले यति सुनेर आफु लाई काबुमा राख्न सकिन र कुरा फेर्य मैले उहा लाई सोध्य ..अब हजुर फेरी नेपाल जानु हुन्छ .. उहा को जवाफ थियो .. अब तिन चार वर्ष त जानु मिल्दैन ... चार वर्ष पछि चाही घुम्न को लागि जान्छु .. मलाई सस्था बाट पनि नेपाल मा फेरी आउनु भनेर बिदा गर्नु भएको थियो.. अनि मैले सोध्य .. बाबु हरु ले कुन भाषा बोल्छन नि .. हजुर लाई फेरी नेपाल जानु मन छ ..? उहा ले भन्नु भयो ..हजुर मलाई नेपाल फेरी जानु एकदम मन छ सायद आउने छु फेरी नेपाल घुम्न लाई भएनी ...बाबु हरु ले नेपाली भाषा नै बोल्छन ..फिलिपिनी भाषा बोल्न ग्रारो मान्छन .. केहि समय पछि बॉर्दिङ्ग सुरु भयो .. मैले उहा र बाबु हरु लाई सिट सम्म छोडेर आए .. अन्तिम मा मैले अब मा जान्छु हजुर हरु राम्रो संग जानु होला नमस्ते भन्दा जहाज मा भएका दाया बाया अन्य फिलिपिनी मानिसहरु हामीलाई हेरेर दङ्ग भएका थिए ....
एयरपोर्टमा जोया संगको भेटमा एक नेपालि युवाको सानो कुराकानी ...जोयाले गरिन मन छुने मार्मिक शब्दहरु ..जिन्दगि यस्तै रहेछ ... खोइ के भन्ने Reviewed by Google Girl on 1:52:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.