Top Ad unit 728 × 90

News
News

खुसीको खबर ;जोयाका दुई छोराको सम्पुर्ण पढाइ खर्च ‘नेपाली समुदाय युएईले’ बेहोर्ने

सुबास शर्मा /दुबई,भदौ ४ – साढे तिन बर्ष अगाडी नेपाली नागरिक ‘जीवन थापा’संग दुबईमा संगै काम गर्दा माया प्रिती गासियर नेपाल पुगेकी फिलिपिनी नागरिक जोया केही बर्ष नेपालमै घरबार गरेर बस्न पुगिन। तर बिडम्बना त्यो बिरानो ठाउँमा उनले पति बाट पाउने माया र हेरविचार पाउन सकिनन्। लामो समय सम्म पतिको यातना सहेर बस्न बाध्य भईन। दुई वटा बच्चा जन्मिदा समेत उनको
बिबाह दर्ता हुन् सकेन र उनको नेपाल बसाइ गैर कानुनि हुन् पुग्यो अनि उनी बिचल्लीमा परिन। केहि गैर सरकारी सस्थाको सहयोगमा फिलिपिनी दूतावास सम्म उनको समस्या पुग्यो,त्यसपछि फिलिपिनी दूतावासको सहयोगमा उनि फिलिपिन्स फर्किन सफल भइन।तर नेपाल सरकारले उनले पाउने अधिकार दिलायर जीवन थापालाई कारबाही गर्नुको सट्टा उनलाई खालि हात फिलिपिन्स फर्कायो। उनिहरुको बिबाह दर्ता नभएको कारणले जिबन थापालाई कारबाही र उनलाई अधिकार दिलाउन नसकिएको कुरा उनलाई उद्घार गरेको सस्था आदर्श गृहले बताएको छ। दुइ चार पैशा कमाउन भनेर दुबई आएको एउटा नारि दुइटा बच्चा लिएर घर फर्किनु पर्दा पक्कै पनि उनको गुजारा सजिलो छैन। यस्तो अफ्ठेरो परिस्थितिमा पनि जोयाले परिवार र नेपालीहरुलाई धेरै धेरै माया भनेर बिदा भइन। यस दुखद घटनाले युएईमा काम गर्ने नेपालीलाई मर्माहत बनायो र कुनै पनि बिदेशी चेलीले नेपाल र नेपाली प्रति नकारात्मक सोच नराखून भन्ने उद्देश्यले बिगत एक बर्ष देखि युएईमा मानव सेवा गर्दै आयको, ‘नेपाली समुदाय युएई’ले जोयाको दुइ सन्तानलाई माध्यमिक तह सम्मको सम्पुर्ण पढाइ खर्च ब्यहोर्ने र त्यसको लागि कोष खडा गर्ने बतायको छ। साथै आगामी दिनमा नेपालमा यस्ता खालका कुनै घटना नदोहोरियोस र यस्ता अपराध गर्ने माथी कडा कारबाही होस भनेर सरकारलाई झकझक्याउन हस्ताक्षर अभियान सुरु गर्ने र साठी दिन भित्र नेपाली दूतावास युएई र रास्टपति बिध्या देबि भण्डारीलाई बुझाउने कुरा समुदायका अध्यक्ष बिदुर रावतले जानकारी दिनुभयो।जोयाको हालको ठेगाना पत्ता लगाउन र यो बिषयमा उनी संग बिस्तृत कुराकानि गर्नको लागि समुदायका अध्यक्ष रावत छिट्टैनै नेपाल जाने पनि बताउनु भयो। यसका साथै समुदायको शुक्रबार बसेको बैठकले प्रदेशमा कामको सिलसिलामा ज्यान गुमाएका गरिब नेपालीका छोराछोरीहरुलाई निशुल्क शिक्षा उपलब्ध गराउने कार्ययोजना समेत अगाडि सारेको छ। यसका लागि नेपालमा मानव सेवामा कार्यरत सस्था ‘रक्षा नेपाल र पौरखी नेपाल’ संग सहकार्य गरेर अगाडी बढ्ने समुदायले बतायको छ। समुदायले यस्ता खालका कुनै पनि महिला हिंसाको विरुद्धमा एक हुन र यस्ता खालका अपराध गर्ने माथी कानुनी कारबाही हुनुपर्नेको पक्षमा उभिन चाहने ‘युएई’ मा कार्यरत सम्पुर्ण नेपालीहरुलाई हस्ताक्षर अभियानमा सहभागी हुन समेत आग्रह गरेको छ। -श्रोत : हाम्रोसंचार डटकम
खुसीको खबर ;जोयाका दुई छोराको सम्पुर्ण पढाइ खर्च ‘नेपाली समुदाय युएईले’ बेहोर्ने Reviewed by Google Girl on 8:25:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.