Top Ad unit 728 × 90

News
News

अपर्चित मित्र गोविन्दराज बि.क.जाजरकोट हाल मरुभूमि बाट लेखिएको मन छुने पत्र

मित्र जीवन तिम्रो खबर तिमीत आज भोलि धेरै फरक भएको छौ रे,माया प्रेममा धोका दिन धेरै सिपालु पनि भएको छौ रे,मलाई त पट्टकै विस्वास लागेको थिएन। मित्र जीवन तिम्रो मुटु त ढुंगा भन्दा पनि सारो भय छ।मैले सोचेको थिईन तिम्रो जीवनमा यति ठुलो भयानक भुकम्प आउछ भनेर।किन यति ठुलो सजाय दिदैछौ बिचरी जोयालाई?के नै बिगारेको थियो र जोयाले तिमी माथी गरेको गुणहरु यति छिटेे भुलेछौ,तिमीले बितायका जेल जीवनहरु एक पटक सोच जीवन तिमी आफ्नो घरसम्म कसरी आयौ जोया जस्तो माहान नारी त्यो पनि बिदेशी चेली कति मनकि धनी हुन अरुको दुख देख्न नसक्ने यी नारी माथी किन यति ठूलो सजाय दियौ कति स्वार्थी रहेछौ तिमि।
कस्तो नाता जोडयौ तिमिले यो तिम्रो यो मायाले आज दुनियाँ रुवाउने बनायको छ दुई चार दिनमै भाइरल बन्यो तिम्रो झुटेा मायाको नाटक कहाँ बसेर हेरेको छौ होशमा छौ कि बिहोसमा छौ कुन नसाको तालमा छौ एक पटक बिउझे र संसार हेर तिम्रो माया कहाँ देखि कहाँ सम्म पुग्यो के पायौ तिमीले आज जोयाको जिन्दगीमा खेलबाड गरेर? सुन्दैछु आज भोलि तिमी कसैको माया प्रेममा फसेको छौ रे जुन दिन तिमीलाई त्यो मान्छेले छोडेर जान्छ आनि थाहा पाउनेछौ माया के हो पिडा के हो त्यस पछि तिमीलाई जोयाको मायाले कति सताउछ कति तडपाउछ जुन पिडाहरु अहिले जोयाले भक्दै छिन।
कस्तो बाबु हो तिमी अलिकती पनि माया लागेना है तिम्रो छोराहरुको हिजो सम्म आफ्नै काखमा खेलायको छोराहरुलाई कति छिट्टै बिदेशी नागरिक बनाई दियौ कहाँ होलान आज ती साना तिम्रा छोरा हरु के गर्दै होलिन ती मन कि धनी जोया। एक पटक सोछ मित्र तिम्रो लागि सारा खुशी छोडेर याहा सम्मा पुगिन तिम्रो लागि सोच्दा सोच्दा आज आफै एक्लो भइन तिमीसङ्ग आउदा कस्तो अबस्थामा आएको थिईन अहिले कस्तो अबस्थामा पठायौ दुईवटा बच्चाहरु काखमा च्यापेर अँखा भरी आसु झर्दै बिदा भएर गइन तिम्रो मनमा अलिकती पनि माया पलायन है! यहि नै हो त तिमीले जोयालाई गरेको चोखो माया कति सपनाहरू बोकेर आयकी थिएन जोया आज ती सपनाहरू चक्नाचुर बनायौ तिमीले हेर जीवन चाहाना र मन हुनुपर्छ झरेको फुलहरुबाट पनि माला बनायर लगाउन सकिन्छ अझै पनि। केही बिक्रेको छैन यदि तिमिले चोखो माया गर्छौ भने तिम्रो हरेक गल्तीहरु जोयाले स्वकार्न तयार छ्न आफ्नो छोरा अनि अफ्नो बुढिलाई नेपाल बोलाउ यति धेरै माया गर्ने मान्छे तिमी ले यो जुनि त के हजारौ जुनि पनि पाउन सक्दैनौ तिमीलाई जोयाको श्राप लाग्नेछ,तिमी एकदिन माया माया भन्दै मर्ने छौ।

उही अपर्चित मित्र गोविन्दराज बि.क.जाजरकोट हाल मरुभूमि बाट
अपर्चित मित्र गोविन्दराज बि.क.जाजरकोट हाल मरुभूमि बाट लेखिएको मन छुने पत्र Reviewed by Google Girl on 8:37:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.