दाइजो नल्याएको भन्दै परिवारको सबै सदस्य बाट कुटपिट १८ वर्षिया युवती
नेपालगन्जः दाइजो नल्याएको निहुमा श्रीमान सहित आफन्तद्धारा एक महिला माथि चरम यातना दिएका छन् । नेपालगन्ज उप महानगरपालिका १९ बालेगाउ (साविक भवानीयापुर १) की १८ वर्षिया आसरुन जोलहालाइ दाइजो नल्याएको भन्दै उनका श्रीमान , सासु , ससुरा र श्रीमानको काकाका छोरा सहितले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।
२४ बर्षीया श्रीमान वासिम जोलहा अन्सारी र सासु बाबादैया जोलहा अन्सारी, ससुरा सब्बिर जोलहा अन्सारी र जेठाजु नसिम जोलहा अन्सारीले आफुलाई कुटपिट गरेको पिडित आसरुनले भनिन् । आसरुनको दुबै आँखामा गहिरो चोट लागेको छ शरिर भरि निलडाम रहेको छ । कुटपिट पछि बेहोस भइकी आसरुनलाई छिमेकीले एम्बुलेन्स बोलाएर उपचारको लागि नेपालगन्ज मेडिकल कलेज
नेपालगन्ज पाठएका थिए । अस्पताल आएको तिन घण्टा पछि मात्रै आसरुनको होस आएको थियो । ४ लाख दाइजो ल्याउदै भन्दै ४ महिनाले देखि आफुलाई कुटपिट गर्दै आएको आसरुनले बताइन । श्रीमान ४ महिनाअघि विदेशबाट आएपछि माइतीबाट घर गएकी आसरुनको दिनहु जसो यातनाको शिकार भइरहिन । विहा लगतै साउदी अरेविया गएका श्रीमन वासिम ४ महिना अघि नेपाल आएकी हुन । तल्लाले, मुक्काले , जे भेट्यो जेही पिट्थे , श्रीमान, सासु सुसुरा नन्द सबै दाइजो ल्या भन्दै कुट्थे – आसरुनले भनिन् । बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईले कुटपिटमा सम्लग्न श्रीमान वसिम, ससुरा बाबादैया प्रहरी पक्राउ गरेको बताए । कुटपिटमा संलग्न ससुरा सब्बिर जोलहा अन्सारी र काकाका छोरा नसिम अन्सारी भने फरार रहेको प्रहरीले जनाएको छ । आसरुनका माइती पक्षको उजुरीको आधारमा श्रीमान र सासुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राईले बताए । उनले श्रीमान र सासु विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको बताए । ेआसरुन र वासिमको २०७१ सालमा मागी विवाह भएको थियो । उनीहरुको एक बर्षको छोरा समेत रहेको छ । अहिले सम्म पनि दाइजो नदिएको भन्दै ज्यान लिनका लागि श्रीमान , सासु र ससुरालाई काका नसिमले उचालेर पिट्न लगाउने गरेको पिडित आसरुनले बताइन । हालै साउन २० गते पनि आसरुनलाइ उनका परिवारले कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा अब यस्तो नगर्ने प्रतिबद्धता जनाउँदै माफि मागेपछि मिलापत्र भएको थियो । मिलापत्र भएकै दिन श्रीमान वासिमले आसरुनकोे ज्यान लिने भन्दै मोटरसाइृकलले खुट्टामा ठक्कर दिएर घाइते बनाएको थियो । पुन कुट पिट गरी सक्त घाइते बनाएपछि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको आसरुनका दाजु फारुक अन्सारीले बताए । अझै पनि मधेसी तथा मुस्लीम समुदायका महिलाहरु दाइजो नल्याएको भन्दै हिसां खेप्न बाध्य रहदै आएका छन् । दाइजोका आगो लगाएर जिउदै जलाउने, कुटपिट गर्ने घटना बाँकेमा हुदै आएका छन् । उपचारमा समस्या श्रीमान सहित आफन्तबाट चरम यातना पाएकी आसरुनलाई उपचार खर्च नभएपछि नेपालगन्ज मेडिकल कलेज घर पठाएको छ । सोमबार बेलुका अस्पतालले विदा गरि दिएपछि मंगलबार बेलुका पुन उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज ल्याएको छ । पिडितका दाजु फारुकले मेडिकल कलेज निकाली दिएपछि घर लगेको बताए । पैसा र्तिन नसकेपछि नर्सिङ होमले घर पठाइदियो , फेरी आज भेरीमा ल्याएर भर्ना गरेका छौ – दाजु फारुकले भने । उनले आखाँ गम्भिर चोट लागेका कारण आखाँ अस्पतपाल समेत लगेको बताए । आँखा अस्पतालले फेरी भर्ना गर्नु पर्छ भनेपछि भेरीमा ल्याएका हौ – दाजु फारुकले भने ।

Reviewed by Google Girl
on
9:24:00 PM
Rating:
No comments: