Top Ad unit 728 × 90

News
News

मकालु एयरको जहाज हुम्ला मा दुर्घटना ,दुर्घटना ग्रस्त जहाज कर्णालीले बगायो

मकालु एयरको जहाज हुम्लाबाट सुर्खेत आउने क्रममा बिहीबार दुर्घटना भएको छ।उडिरहेको जहाजको इन्जिनमा अचानक खराबी आएपछि कर्णाली नदी छेउमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। कर्णालीको किनारमा फोर्स ल्यान्ड गर्न खोजिएको जहाज नदीसँगै बजारिएको थियो। जहाजबाट पाइलट र कोपाइलटलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो। नदीको छेउमै बजारिएको जहाजलाई कर्णली नदीले बगाइसकेको छ। उद्धार गरिएका पाइलट र कोपालइट दुवैलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरेर सिमिकोट ल्याइएको सिम्रिक एयरका क्याप्टेन विबेक खड्काले अन्नपूर्ण अनलाइनसँग टेलिफोनमा बताए । क्याप्टेन बिबेकले भने, घाइते भए पनि दुवैजना खतरामुक्त हुनुहुन्छ।' ९ एन एकेसी कल साइन भएको जहाज सिमिकोट विमानस्थलबाट ३‍:४० बजे उडेको थियो। उडेको केही समयमै इन्जिनमा खराबी आएको थियो। विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । सिमिकोटमा समान ढुवानी गरेर जहाज सुर्खेत फर्किने क्रममा थियो। उद्धारमा संलग्न सिम्रिक एयरका क्याप्टेन विवेक भने, 'जहाजलाई कर्णाली नदीले बगाएर लगिसकेको छ।पाइलट र कोपाइलट हामीले उद्धार गरेर सिमिकोट ल्याइसकेका छौ। उहाँहरु सकुशल हुनुहुन्छ ।'क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतका डिआइजी माधव नेपालका अनुसार अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ।
मकालु एयरको जहाज हुम्ला मा दुर्घटना ,दुर्घटना ग्रस्त जहाज कर्णालीले बगायो Reviewed by Google Girl on 5:11:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.