Top Ad unit 728 × 90

News
News

क्यानडाको पिआर सपना देखाएर १८ जनालाई ठग्ने व्यक्ति पक्राउ

काठमाडौं– क्यानडाको पिआर उपलब्ध गराइदिने सपनाको पछि लाग्दा ‘ब्राईट फ्युचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सी’का संचालकबाट १८ जना ठगिएका छन् ।
जब अफर समेत आफूहरुले नै मगाई क्यानडाको पिआर उपलब्ध गराइदिने मौखिक ग्यारेन्टी गरेपछि विभिन्न जिल्लाका १८ जनाले कन्सल्टेन्सी संचालक राम प्रसाद खनाललाई ६५ लाख १४ हजार बुझाएका थिए । पैसा लिएको दिनदेखि सम्पर्कविहीन भएका खनाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार महराजगञ्जबाट पक्राउ गरेको हो । खनालले क्यानडाको पिआर सपना देखाएर दुर्गा बहादुर पुन, गोविन्द प्रसाद रेग्मी, प्रकाश थापा, जितेन्द्र शेरचन, रविन कुमार रौनियार, कृष्ण पाण्डे, देवराज राई, नविन कुमार झा, उमेश खड्का, रेखा कडेरिया, कल्पना कडेरिया, निशा बराल, रिमा क्षेत्री, विक्रान्त केसी, राजन सुवेदी, रामचन्द्र पौडेल, सुनिल घिमिरे, बबिता गुरुङ समेत १८ जनालाई ठगेको प्रहरीले जानकारी दिएको छ । अर्घाखाँची खनदह–९ स्थायी घर भएका खनाललाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको अपराध महाशाखाले जनाएको छ । उक्त कन्सल्टेन्सिले अन्य धेरै व्यक्तिलाई ठगेको हुनसक्ने भन्दै प्रहरीले ब्राईट फ्युचरमाथि अनुसन्धान जारी राखेको छ ।
क्यानडाको पिआर सपना देखाएर १८ जनालाई ठग्ने व्यक्ति पक्राउ Reviewed by Google Girl on 5:37:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.