Top Ad unit 728 × 90

News
News

विदेशबाट आएको दुई घण्टामै आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि झुन्डिएर गरे आत्महत्या

२१ साउन, काठमाडौं । विदेशबाट आएको दुई घण्टामै अर्घाखाँचीको नुवाकोट गाविसमा आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि एक युवकले आत्महत्या गरेका हुन् ।
नुवाकोट गाविस २ मरौदीका टेकबहादुर केसी १० महिनापछि कतारबाट घर आएका थिए । उनले घरमा आएलगत्तै श्रीमति २४ वर्षीया सिर्जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने प्रयास गरेका आजको अन्नपूर्णमा समाचार छ । श्रीमती हत्या प्रयासपछि केसी आफैले घरनजीकै रहेको काभ्रोको बोटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । श्रीमानको आक्रमणबाट घाइते भएको श्रीमती सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पतालबुटवलमा उपचार भइरहेको छ । उनको स्थिति खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ । उनीहरुका तीन वर्षकी एउटी छोरी छिन् । विदेशबाट आएलगत्तै उनले बुबा र श्रीमतीलाई सल्ला छ भनेर कोठमामा बोलाएका थिए । बाबुको घाटी न्याक्न थालेपछि बाबु भाग्न सफल भएका थिए भने उनले श्रीमतीलाई धारिलो बसिला प्रहार गरेका थिए ।टेकबहादुले आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र उनले किन आत्महत्या गरे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विदेशबाट आएको दुई घण्टामै आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि झुन्डिएर गरे आत्महत्या Reviewed by Google Girl on 8:31:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.