ससुराको यौन प्रस्ताव अस्विकार गर्दा यस्तो हालत बनायो
जनकपुर – ‘मैले आफ्नो ससुराको यौन प्रस्ताव अस्वीकार गर्दा ममाथि अरूसँग लसपस गरेको लान्छना लगाई घरबाट निकालिएको छ । मेरो दुई वर्षीया छोरी पनि मबाट खोसिएकी छिन् ।’
यी शब्द कुनै नाटकको अंश होइन, धनुषाकी एक महिलाको वेदना हो । जनकपुर उपमहानगरपालिका–१ की २० वर्षीय नगमा खातुन भक्कानिँदै विगत एक महिनादेखि यस्तो अन्याय भइरहेको बताउँछिन्
। समाजले न्याय गरिदिने भनी एक महिना कुर्दा पनि कहीँ कतैबाट पहल नभएपछि न्यायको आसमा पत्रकारसमक्ष पुगेको उनले बताइन् । उनले आफ्नो पति फिरोज मन्सुर विगत डेढ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतार गएको बताइन् । यही मौका छोपी ससुरा औरही–२ निवासी जनकपुर १६ मा बस्दै आएका हबिव मन्सुरीले पटकपटक यौन सम्पर्क राख्न प्रस्ताव राख्दै आएको तथा आफूले नमानेपछि घरबाट निकालिदिएको बताइन् । उनले गहभरी आँसु पार्दै भनिन्, ‘मैले नै घरमा खाना बनाउने तर आफूलार्ई बासी खाना खान दिने तथा दिनहुँ पिट्ने गरे ।’ मानसिक रूपमा विक्षिप्त अवस्थामा पत्रकारसँग दुखेसो सुनाउँदै नगमाले भनिन्, ‘हाल कतारमा रहँदै आएका आमाबुबासँग दहेजको रूपमा एउटा टाटा सुमो माग्न ससुराले पटकपटक दबाब दिएका छन् ।’ उनी भन्छिन्, ‘मेरो विवाहमा १६ तोला सुन, पल्सर मोटरसाइकल, एप्पलको ल्यापटप, राडो कम्पनीको महँगो घडी र नगद मिलाएर १७ लाख बराबरका समान दहेजको रूपमा दिएका थिए ।’ उनले ससुराको अत्याचार सहेर पनि यौन प्रस्ताव नमानेपछि पतिको मामाको छोरासँग लसपस गरेको आरोपमा घरबाट निकालेको दुखेसो सुनाइन् । यति मात्र होइन, आप्mनो दुई वर्षकी दुधे छोरीलार्ई पनि आपूmबाट खोसेको बताइन् । घरबाट निकालिएपछि पति फिरोजसँग फोनमा सम्पर्क गर्दा आफूलार्ई फोनमै तलाक दिएको बताउँदै उनले अहिले आफू घरविहीन रहेको र एक महिनादेखि अरूको घरमा बस्दै आएको दुखेसो पोखिन् । उनले महिलालार्ई खेलौना ठान्ने आफ्नो ससुरा हविब मन्सुरमाथि हदैसम्म कारबाही हुनुपर्ने र आफू तथा आफ्नो बच्चाको भविष्यका लागि अंश दिलाइदिन अनुरोध गरेकी छिन् ।

Reviewed by Google Girl
on
2:02:00 PM
Rating:
No comments: