काभ्रे बस दुर्घटनामा सेनाको हेलिकप्टरले घाईतेलाई यसरी काठमाडौ लागिएको दृश्य हरु ..हेर्नुहोस
काठमाडौं ।सेनाको हेलिकप्टरले घटनास्थलबाट २६ गभ्भिर घाइतेलाई उद्धार गरी काठमाडौं लगेको छ । १६ घाईतेलाई शिक्षण अस्पताल महाराजगंज ,१० ट्रमा सेन्टरमा राखिएको छ । अधिकाशं घाईतेहरुको हात खुट्टा,टाउको र ढाडमा चोट लागेको छ ।अन्य घाईतेहरुलाई धुलिखेलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।मृतकहरुको सनखत हुन लागेको र केहि मृतकको पहिचान भईसकेको मृतकका आफन्तलाई बुझाईने प्रहरीले जनाएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै भिरबाटबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो।
बसले कोचाकोच यात्रु राखेको थियो। बसभित्र र छतमा गरी करिब ८० यात्रु रहेको प्रहरीले जनाएको छ। स्थानियका अनुसार अत्यधिक यात्रु बोकेको बस ब्रकफेल भएर विर्तादेउराली ७ खहरेखोला नजिकै सडकबाट तल खसेको थियो।
बसले कोचाकोच यात्रु राखेको थियो। बसभित्र र छतमा गरी करिब ८० यात्रु रहेको प्रहरीले जनाएको छ। स्थानियका अनुसार अत्यधिक यात्रु बोकेको बस ब्रकफेल भएर विर्तादेउराली ७ खहरेखोला नजिकै सडकबाट तल खसेको थियो।
काभ्रे बस दुर्घटनामा सेनाको हेलिकप्टरले घाईतेलाई यसरी काठमाडौ लागिएको दृश्य हरु ..हेर्नुहोस
Reviewed by Google Girl
on
1:15:00 PM
Rating:
No comments: