Top Ad unit 728 × 90

News
News

नेपाल सरकार जोया लाई नेपाल फिर्ता बोलाउ,बिचारा त्यो अबोध दुई बालकको के गल्ती ?

नेपाली बुहारीको हक दिलाउ, हामी नेपाली यति घटिया र निर्दयी छौ भन्ने संदेश विश्व लाई नदेउ,नेपाल हाम्रो घर हो, र जोया हाम्रो घर को इज्जत हो, आफुलाई एउटा नामर्द, हुतुयारा, नेपाली सरकार भनेर नचिनाउ। नेपाली युवाले ले गरेको गल्तिको सजाय तेति सोजि नारी लाई नदेउ, बिचारा त्यो दुई बालकको के गल्ती अबोध नेपाली बालक माथी किन यति धेरै अन्याय गर्छौ। घरको अविभावक ले कस्तो संस्कार दिएछन् आफ्नो छोरालाई भन्ने कुरा हो, गल्ती जोया नेपाल आएर भएको हैन, गल्ती त जीवन थापाले गरेका हुन, उ बाटै भएको हो।
उस्ले जोयाको पासपोर्ट च्यातेर फालेका थिए, यसो गर्न हुदैन थियो।कानुनी रूपमा यो सरासर गलत कदम भएको हो। यो घट्ना बाट यति पनि बुझ्न सकिन्छ कि सायद जीवन ले पनि जोया आफू सङै बसोस् भन्ने चाहन्थे कि ! यदि हैन भने जीवन थापा लाई जोयाको माग अनुसारको सजाय मिलनै पर्छ। जीवन थापा जोयाको पत्ती हुन भन्ने हामिले भुल्न हुदैन। जोया नेपाल फर्किनै पर्छ यदि आफुलाई दयालु नेपाली सरकार सम्झिन्छौ भने। ती नारी मा मानवता छ भन्ने कुरा जीवन थपालाई यु ए ई को जेल बाट निकालेर ल्याएको भन्ने घट्ना बाट बुझिन्छ। जोया ले आफ्नो आफ्नो मानव्ता देखाएकी थिईन। तर किन सरकारले मानव ता देखाउन सकेन,? यो विषयमा प्रश्न माथी प्रश्न खडा गरेर हुनेवाला केही छैन। गोर्खाली हरु साहसी अनि निडर हुन्छन् भन्ने विश्व लाई थाहा छ, तर फेरि यति बुहारीनै पाल्न नसक्ने हुतिहारा ससुरा किन बन्दैछौ सरकार ? हरेक नारी सङ्ग साहस हुन्छ, क्षमता हुन्छ तर तेहि जीवन थापा जस्ता कुबुद्धि भएका लोग्ने मान्छेहरुले दिएको पिडाको कारणके गर्दा कयौ नारीहरु आफुमा लच्किन पुग्छन्,लच्केका हुन्छन् जुन आज निर्दोष जोयालाई भएको छ। यदि नेपाल सगरमाथा को देश, अनि बुद्ध जन्मेको देश भनेर विश्वसामु अरु चिनाउनु छ भने जोया लाई नेपाल बोलाउनै पर्छ, फर्काउनै पर्छ। नेपाल हाम्रो घर हो, हामी जनता नेपाली सद्स्य हौँ , र सरकार भनेको घर को मुल माछे हो, गल्ती त हरेक बुहारी हरु बाट हुन्छ, किनकी गर्दा गर्दै कुनै वेला दिमाग ले काम गर्दैन, र गर्न खोज्नेहरु बाट नै गल्ती पैदा हुन्छ, तर घर को मुल मान्छेले त गल्ती गर्न भएननी।
यदि यसरिनै नेपाल सरकार बाट गल्ती हुँदै जाने हो भने हामिले कसरी नेपाली भनेर गर्व गरौ?, कसरी सगरमाथा को देश भनेर शिर ठाडो पारौं?, अनि कसरी बुद्ध जन्मेको देश नेपाल भनी आफू मानव भएको महसुस गरौ? अझै पनि केही बिग्रेको छैन सरकार। आफ्नो घर सुधार्न सकिन्छ, जोया लाई नेपाल फर्काइयोस् चाहे दस औला जोडि हजुर हाम्रो बुहारी फर्काइ दिनुस् भनेर फिलिपिन्स सरकार सङग आफ्नो घर को इज्जत को लागि झुकन किन नपरोस् अनि यहाँ मानवता झल्किन्छ। विश्वको इतिहासमा लेखिने छ, फेरि हामिले नेपाली हौ भनेर गर्व गर्ने ठाउँ रहन्छ, सदा सदा सगरमाथा जस्तै शिर ठाडो हुनेछ, गौतम बुद्ध जन्मेको देश बास्तवमा नेपाल नै हो रहेछ भनेर विश्ले बुझ्ने छ । म मेरो तर्फ बाट यति भन्न चाहान्छु। र यो कुरा माथी सम्म पुगोस् भन्न चाहान्छु, मेरो नाम दिनेश परियार भरौल सुनसरी पुर्व नेपाल, सम्पुर्ण भरौल बासी बुद्धिजीवी, विद्यार्थी महिला, युवा पत्रकार, हरुमा अनुरोध गर्न गर्न चाहान्छु।यो कुरालाई उठाईयोस् , सरकार सामु पुर्याईयोस्। जोया यानिकी नेपाली बुहारीलाई नेपाल फर्काइयोस्। ती दुई बालक हरुको भविस्य सुनिस्चित नेपाल सरकार बाट गरियोस् ।।। शेयर र कमेन्ट गर्दै जानू होला, यति सम्मकी बहिरो र अन्धो सरकारको दिमाग् र कान सम्म पुगोस् , धन्यवाद जय नेपाल।।।।। – साभार पाथिभरा न्यूज डटकम फेसबुक पेजबाट जस्ताको तस्तै…
नेपाल सरकार जोया लाई नेपाल फिर्ता बोलाउ,बिचारा त्यो अबोध दुई बालकको के गल्ती ? Reviewed by Google Girl on 1:04:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.