Top Ad unit 728 × 90

News
News

काठमाडौँ मा यौनकर्मीै युवती हरु बोकेर हिड्ने ट्याक्सीको कमाइ महिनाको चार लाख

गत ११ वैशाखमा दरबारमार्गमा दुई ट्याक्सी चालक पाँच युवतीसहित पक्राउ परे । दरबारमार्ग र कमलादी क्षेत्रमा ट्याक्सीमा युवती राखेर घुमिरहने चालक गणेश मगर र आइते लामालाई प्रहरीले पक्राउ
गरेको थियो । ट्याक्सी चालकको आवरणमा उनीहरूको खास पेसा भने यौनकर्मीै युवतीलाई ग्राहक मिलाउनु हो । त्यसकारण युवतीहरू ट्याक्सीमा लिएर उनीहरू ग्राहक खोज्दै हिाडेका थिए । केही दिनअघि उनीहरूले एक युवकलाई धेरै पैसा लिएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले पिछा गरी उनीहरूलाई पक्राउ गरेको थियो । ‘उनीहरू यौनधन्दामा लागेका युवतीलाई ग्राहक मिलाउने र केटी खोज्नेलाई त्यस्ता केटी मिलाएर कमिसन खाने गरेका रहेछन्,’ महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्ण पल्ली मगरले भने ।राजधानीमा धेरै ट्याक्सी चालक यस्तै केटी मिलाउने दलालका रूपमा कार्यरत छन् । गत महिना क्यानडाबाट यौन पार्टनर खोज्दै ठमेल गएका भक्तपुरका मिराज गौतम (नाम परिवर्तन)लाई नायिका मिलाइदिने भन्दै बेहोस बनाएर लुट्ने घटनामा पनि ट्याक्सी चालकको संलग्नता खुलेको थियो । ट्याक्सी चालक अनिल तामाङले गौतमलाई गौशालाको एक लजमा पुर्‍याएर मदिरामा बेहोस हुने औषधि मिसाएर खुवाई लुटेका हुन् । ‘ट्याक्सी चालकहरूले यस्तो कामबाट महिनामा ३–४ लाख कमाउाछन् भन्ने सुनिन्छ,’ महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘कतिपय ट्याक्सी चालक यौनकर्मी मिलाउनदेखि लुटपाटमा समेत पक्राउ परेका छन् ।’ – नयाँ पत्रिका
काठमाडौँ मा यौनकर्मीै युवती हरु बोकेर हिड्ने ट्याक्सीको कमाइ महिनाको चार लाख Reviewed by Google Girl on 9:31:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.