Top Ad unit 728 × 90

News
News

गएराती विद्यालयको पर्खाल भत्किँदा २५ वर्षीया गर्भवतीको मृत्यु

गौशाला, १६ भदौ । महोत्तरी जिल्लाको पिपरा गाविसमा गएराति एक बोर्डिङ स्कुलको पर्खाल भत्ँिकदा किचिएर एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा–१ बस्ने विनोद धनकारकी पत्नी २५ वर्षीया रञ्जुदेवी धनकार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महिला धनकार गएराति ८ बजेको समयमा घर नजिकै रहेको आश बोर्डिङ स्कुलको छेउमा रहेको धाराबाट पानी लिएर आउँदै गर्दा अचानक सो स्कुलको पर्खाल भत्ँिकदा सोही पर्खालमा किचिएर उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । स्कुलको पर्खालमा किचिएर घाइते भएकी महिला धनकारलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । रासस
गएराती विद्यालयको पर्खाल भत्किँदा २५ वर्षीया गर्भवतीको मृत्यु Reviewed by Google Girl on 11:45:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.