Top Ad unit 728 × 90

News
News

अर्घाखाँची जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

अर्घाखाँचीको हंशपुरमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । घटनास्थलमा ९ जना र सन्धिखर्कमा उपचारको क्रममा थप दुई जनाको ज्यान गएको हो ।कच्ची
तथा उकालो सडक रहेको घटनास्थलबाट जिप करिब ७ सय मिटर तल खसेको बताइएकोे छ । दुर्घटनामा परी जिपका मालिक किमडाँडाका नारायण रानाको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा अधिकांश हंशपुरका रहेका स्थानीय रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा हंशपुरका रामबहादुर घर्तीमगर, हुमबहादुर राना, भीम केसी, मीनबहादुर केसी र देवबहादुर थापा रहेका छन् । त्यसैगरी, धारापानीकी कमला पौडेल, पुर्कोटदह गुल्मीका भेषबहादुर थापा, गुल्मी भनभनेका बुद्धिराम परियार, बाङ्गेमोरट प्युठानका शोभा रोकामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ग१ज ४८७८ नम्बरको जिप अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदीकोट जाँदै गर्दा दिउँसो सवा तीन बजेतिर पोष्टापाटको भीरबाट तल खसेको थियो । दुर्घटनामा परि घाइते भएका चार जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने दुई जनाको अर्घाखाँचीमै उपचार भैरहेको बताइएको छ । जीपमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
अर्घाखाँची जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्यो Reviewed by Google Girl on 11:22:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.