Top Ad unit 728 × 90

News
News

आयो ताजा समाचार :अर्घाखाँचीमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु

१२ भदौ, अर्घाखाँची । अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै पोष्टापाटको भीरबाट ७०० मिटर तल खसेको थियो । जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने अनुमान प्रहरीको छ । यद्यपी दुर्ङटनाको कारण खुलेको छैन । दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चौकी हंशपुरका सइ श्याम श्रीषले जानकारी दिए । दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेको सइ श्रीषले जानकारी दिए । ६ जना घाइतेहरूलार्इ उद्दार गरी एम्बुलेन्समा सन्धिखर्क पठाइएको छ । प्रहरी र स्थानीयवासीले दुर्घटनाका घाइतेको उद्दार गरेका हुन् ।
आयो ताजा समाचार :अर्घाखाँचीमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु Reviewed by Google Girl on 5:05:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.