Top Ad unit 728 × 90

News
News

छुरा प्रहार गरी २१ वर्षीया महिलाको हत्या

मोरङ , ३० साउन । मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीले छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती समीक्षा कार्कीको हत्या गरेका हुन् । दिउँसो २ बजे घतानीले कार्कीकै घरमा पुगेर छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते भएकी कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बेलुका मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । घतानीले छुरा प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । छुरा प्रहार गर्ने घतानीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
छुरा प्रहार गरी २१ वर्षीया महिलाको हत्या Reviewed by Google Girl on 1:25:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.