Top Ad unit 728 × 90

News
News

अर्का एक अपचिरित देवरले ‘जोया भाउजू’लाई लेखेको यस्तो मार्मीक पत्र…एक पटक सबैले पढ्नुहोस !!

प्रिय भाउजु जोया

अपचिरित देवरको तर्फबाट आत्मिक सहानुभुती

        बिभिन्न अखबारहरुमा तस्विर सहितको तिम्रो कारुणिक समाचार मैले पनि पढे । त्यती बेला म नेपाली त्यसमा पनि पुरुष भएकोमा हीनताबोध, लज्जाबोध भयो । मैले देखेको छु नेपाली चेलीहरु माइत घर छोडेर जादा धेरै बिह्वल हुन्छन झन तिमी त फरक संस्कार फरक भौगोलिक सिमामा आफ्नो कर्म थलो बनाउने अठोट लिएर नेपाली भुमिमा एउटा नव दुलही बनेर सम्पूर्ण नेपालीजन माझ बुहारी को साईनो पाएर नेपाली माटो टेकेको थियौ । जीवनलाई मरणको दोसाधमा राखेर यही नेपाली रगतको वीर्य ग्रहण गरेर २ धर्मपुत्रलाई जन्म दियौ त्यो क्षण पनि कम दु:खदायी नहोला तर तिम्रो लागि नेपाली
माटो कुनै अपराधीले भोग्नु परेको जेल सजाय भन्दा कम रहेन,कम पीडादायी रहेन । यो जटिल परिस्थितीमा तिम्रो अधिकार सुनिश्चित गर्न सकेको भए सायद गर्वले हामी नेपालीको शिर सगरमाथा जतिकै उचो रहन्थ्यो तिमी पनि नेपालको सम्मानित बुहारी भएर स्वतन्त्रताको श्वास लिन्थ्यौ तर दुर्भाग्य त्यस्तो हुन सकेन । विडम्बना यहाँ जति पनि महिला मानब अधिकारका ठुला ठुला आवाज उठाउछन त्यो त डलरको लागि भिख माग्ने फरक शैली मात्र हो । तर जोया जस्ता सर्वस्व गुमाएकी पीडित नारीका लागि अधिकारकर्मीहरु अन्धा, बैरा हुन्छन । जोया भाउजु तिमीले यो समयमा मानब अधिकार, महिला अधिकारको लागि भनेर डलर बाड्न आएको भए यहाँ हजारौ संघ संस्था तिम्रो पछी लाग्थ्यो तर आज तिमीले आफुले स्वत: रुपमा पाउनु पर्ने अधिकारको निम्ती हारगुहार गर्दा तिम्रो साथमा कोही आएन र अन्त्यमा तिमी निरीह बनेर तिमीले बाँकी जीवन बिताउनको लागि जुन माटो टेकेको थियौ त्यही माटो छोडेर माइती देश फर्कनु पर्‍यो त्यो पनि सर्वस्व हरण भएर । त्यती हुँदासम्म तिमीले नेपाल र नेपाली प्रतिको गौरब गान गाउँन छोडेनौ ” नेपालीहरु दयालु ह्रदयका हुँदा रैछन ” । तिमी जुन झै उदाएकी थियौ, सुनाखरी गुरास झै फुलेको थियौ तर तिमीलाई सजाएर हामीले राख्न् सकेनौ, हाम्रो राष्ट्रले राख्न सकेन । हामीले आकाश जस्तो फराकिलो ह्र्दय भएको बुहारी जोया पायौ तर गुमायौ । जे जस्तो जटिल समयको सामना गरेर तिमीले आफ्नो देशको माटो टेक्न पायौ त्यहा पनि अखबारमा तिम्रो समाचारले ठाउँ ओगटेको होला समाचारको पात्र तिमी नै छौ होला र तिम्रो माइतीले सोद्ने होला यो पिता बिनाको सन्तान कस्को भनेर पक्कै तिमी नाजवाफ छौ । जती फुरुङग मन लिएर जन्मदेश, माइतीदेश फर्केको थियौ यो प्रश्नले उत्तिकै गरुङगो अबश्य बनाएको छ । अझै ति २ अबोध सन्तानले भविश्यमा सोध्ने प्रश्न त्यही नै हो फेरी त्यो बेला पनि तिमी नाजवाफ हुनेछौ । त्यसैले तिमीले यो प्रश्नको उत्तर अबश्य तयार गर्नु पर्ने हुन्छ । त्यसको उत्तर तिमीले नेपाल सरकार र तिमीलाई नरकीए जीवन जीउन वाध्य पार्ने उभयचर नरपशु जीबनबाट खोज्नु पर्ने छ ।

 भबी धरासायी सोलुखुम्बु
हाल नयाँ बानेश्वर
अर्का एक अपचिरित देवरले ‘जोया भाउजू’लाई लेखेको यस्तो मार्मीक पत्र…एक पटक सबैले पढ्नुहोस !! Reviewed by Google Girl on 1:21:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.