डलर साट्ने भन्दै २० लाख र मोबाइल लिएर फरार
सिन्धुली– मुस्ताङ लेते–६ बस्ने ३२ बर्षीय कृष्ण मोहन नेपाली र कास्की पुरनचौर–२ बस्ने ३५ बर्षीया निर्जला परियारको डलर साट्ने बाहनामा दुई जना अपरिचित व्यक्तिहरुले २० लाख रुपैयाँ ठगी गरी फरार भएका छन् ।
कमलामाई नगरपालिका–६ स्थित नाम,थर,वतन नखुलेका दुई जना अपरिचित व्यक्तिले पटक पटक ९८४४६२५८७९ नम्वरको मोवाइलबाट सम्पर्क गरी हामीसंग ३० हजार अमेरिकी डलर छ नेपाली २० लाख दिएमा साट्छु भनी विश्वासमा परी उनीहरुलाई पोखराबाट सिन्धुली बोलाई नोट साईजको कागजको बण्डल भएको पोलिथिङको झोला दिई २० लाख रुपैयाँ र उनीसंग भएको मोवाइल समेत लिएर भागेको बताइएको छ ।
फरार व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
डलर साट्ने भन्दै २० लाख र मोबाइल लिएर फरार
Reviewed by Google Girl
on
5:45:00 AM
Rating:
No comments: