मलेसियामा रहेका नेपालीहरु लाइ कोमल वलीले यसरी मजाले नचाइन ...हेर्नुहोस भिडियो
क्वालालम्पुर । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका नेपालीहरुले हिन्दू महिलाको महान चाड तीज भब्य रुपमा मनाएका छन् । नेपालकी चर्चित गायिका कोमल ओली तथा गायक प्रल्हाद तिमिल्सिनासँगै नेपालीहरुले तीज मनाएका हुन् ।
नेपाल सितेरियो कराते संघ मलेसियाको संयोजकत्वमा एनपिएन ग्रुपको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । गायिका ओलीले आफ्नो पुरानो गीत तुल्सीपुरमा म जादा खेरी..देखि नयाँ तीज गीत पोइ चाहियो भनेर गित गाउने मेरो लास्टै चोटि हो लगायतका गीत गाएर करीव दुई घण्टा उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएकी थिइन् । सयौं नेपालीहरुबीचमा क्वालालम्पुरको जन्सनमाजुको हलमा भएको तीज कार्यक्रमको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली दूतावास मलेसियाका प्रवक्ता तथा प्रथम सचिव उत्तम कुमार शाही, नेपाल वायु सेवा निगमका कन्टि्र मेनेजर शिखा शर्मा लगायतले पानसमा दिप प्रज्वलित गरी कार्यक्रमको शुरुवात गरेका थिए ।एशियाली राजतीतिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आइक्यापको नवौ साधारणसभामा भाग लिन उपाध्यक्ष श्रेष्ठ तीन दिन अगाडि मलेसिया आएका थिए । उनले तीज पर्वमा महिलाहरु एक दिन मात्र खुशी देखिने वातावरण अन्त्य गर्दै नेपाली महिलाहरुको मुहार सँधै खुशीले छाओस भन्दै शुभकामना दिएका थिए । नेपाली दूतावासका प्रथम सचिव उत्तम शाहीले विदेशमा यसरी तीज मनाउदा नेपालमै भएको अनुभुति हुने भएकाले आफनो कला संस्कृतिको जर्गेना गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा उपस्थिति सबैलाई दर खुवाइएको थियो । आइतवार दिउँसो रावाङ र आइतवार साँझै केलाङमा पनि कोमल ओलीसँगै नेपालीहरुले तीज मनाउँदैछन् ।

Reviewed by Google Girl
on
1:24:00 PM
Rating:
No comments: