Top Ad unit 728 × 90

News
News

हेर्नुहोस आजको राशिफल ,वि.सं. २०७३ साल भदौ २० गते सोमबार, २०१६ सेप्टेम्बर ५ तारिख

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesशुभचिन्तक तथा सहयोगीहरू प्रशस्तै हुनेछन्। आफन्तको सहयोगले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिनेछ भने गृहस्थी आनन्दमय रहनेछ। भौतिक साधन प्राप्त हुने समय छ। मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। आयआर्जन पनि राम्रै हुनेछ।
 बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusपहिलेका समस्या सुल्झनेछन् भने परिस्थितिले उत्साह जगाउनेछ। स्वास्थ्य सबल रहनेछ र संघर्षद्वारा अधिकार स्थापित हुनेछ। प्रतिद्वन्द्वीहरूले हार खानेछन् भने द्वन्द्वमा विजयी भइनेछ। व्यापार–व्यसायमा राम्रै फाइदा हुनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले प्रशंसा गर्न थाल्नेछन्। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
 मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiइच्छाशक्तिले मात्र काम सम्पादन नहुन सक्छ। अप्रिय समाचारले मन खिन्न तुल्याउनेछ भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लक्ष्य हासिल हुन सक्छ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने सन्तान तथा अनुयायीले प्रसन्नता दिलाउनेछन्। नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्नेछ र काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। साझेदारीमा देखिने असमझदारीले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoविभिन्न भौतिक साधन जुट्नेछन् भने मेहनत गर्दा मानोकांक्षा पूरा हुने समय छ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। नयाँ वस्त्र एवं आभूषण प्राप्त हुन सक्छ। कृषि तथा व्यापारमा मनग्य लाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा फाइदा हुने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला।
 कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoविभिन्न अवसरले पछ्याउनेछन्। अभिव्यक्तिमा निखारता आउनेछ भने तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। तर, आलस्य गर्दा काम अधुरो रहनुका साथै अवसरबाट वञ्चित भइनेछ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा होला। पछिसम्म लाभ हुने काममा हात हाल्ने समय छ। गरेका कामबाट धेरैलाई फाइदा होला। अध्ययनमा प्रगति हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraआफ्नासँग निकटता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिन सक्छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नुका साथै रचनात्मक काम प्रारम्भ हुनेछ। साथ दिनेहरू पनि धेरै हुनेछन्। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। उपहारमा बिग्रेको वस्तु आउँदा मन खिन्न हुनेछ।
 बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioआकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
 धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusश्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा पछिका लागि फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेको लाभ नभए पनि मेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornप्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।
 कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusआफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको कामले उत्साह जगाउनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। मेहनत गर्दा प्रतिष्ठा पाइनेछ।
 मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesचिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। अरूले आशा देखाए पनि काममा धोका पाइनेछ। स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ। जोखिम हुने काम थालनी गर्नुअघि विचार पुर्याउनुहोला
हेर्नुहोस आजको राशिफल ,वि.सं. २०७३ साल भदौ २० गते सोमबार, २०१६ सेप्टेम्बर ५ तारिख Reviewed by Google Girl on 1:29:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.