४ बर्षीय बालकको अपहरण पछी हत्या
२० भदौ, जनकपुर । जनकपुरमा चार बर्षीय एक बालकको हत्या भएको छ ।जनकपुर उपमहानगरपालिका २६ चोअर्वा निवासी प्रकाश यादवका ४ बर्षीय छोरा दिपक यादवको अपहरण गरी हत्या गरिएको अनुमान गरिएको छ ।
आइतबार दिउँसो १२ बजेदेखि दिपक बेपत्ता थिए । दिपक परिवाजनको सम्पर्कमा नआएपछि खोज तलास गदैं जाँदा उनको शव फेला परेको हो ।
गाउँमा चौठचन्द्र मनाइरहेका समयमा राति बालकको शव फेला परेको परिवारजनले जनाएको छ । बालकको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ । बालकको शव पोस्टमार्टमा लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ ।
बालक हत्या सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका डिएसपी मनोज यादवले जानकारी दिए । बालकको नाक र मुखबाट रगत आएको देखिएकाले पोस्टमार्टको रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए ।
४ बर्षीय बालकको अपहरण पछी हत्या
Reviewed by Google Girl
on
12:09:00 AM
Rating:
No comments: