Top Ad unit 728 × 90

News
News

पोखरामा स्कुटि दुर्घटनामा एक युबकको ज्यान गयो

२० भदौ, पोखरा । पोखराको रामबजारमा गएराति स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको छ ।रामबजार पेन्सन क्याम्प नजिक आफैले चलाएको ग.९प. ३८९६ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिदा गोर्खा आरुपोखरी घर भई पोखरा १० रामबजार बस्ने २४ वषिर्य श्यामु बरामुको मृत्यु भएको हो । राति ९ बजे तिव्र गतिमा स्कुटर चलाउने क्रममा स्कुटर पल्टिदा बरामुको टाउको सडकमा बजारिए प्रत्यक्षदर्शीले बताए । दुर्घटना भएको स्थानियले देखेपछि तत्कालै उनको उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेर अत्यधिक रक्तश्राव हुँदा मृत्यू भएको प्रहरीको भनाइ छ । मृतक बरामुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
पोखरामा स्कुटि दुर्घटनामा एक युबकको ज्यान गयो Reviewed by Google Girl on 12:06:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.