Top Ad unit 728 × 90

News
News

साउदीमा ७ महिनादेखि तलव नपाएको नेपाली हरु तलब माग्दा घनघोर जंगलमा छाडेपछि...पुरा पढ्नुहोस !

वैदेशिक रोजगारीका लागि साउदी अरव गएर विचल्लीमा परेका ७ जना युवाको महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ। एक वर्ष अघि कर्णाली म्यानपावरबाट साउदी पुगेका ७ जनाको प्रहरीले उद्धार गरेको हो। वर्दिया शिवपुरका खगेन्द्रनाथ योगी, बाँकेका महमद सगिर खान, हारुन खान, निसार खान, मुगुका रनबहादुर रोकाया र वर्दिया जुमुनेका देवहादुर कँडेल र बाँकेका लिलबहादुर रोक्का मगरलाई उद्धार गरिएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरु गएराती काठमाडौं आएका हुन्।
१ लाख रुपैयाँ म्यानपावरलाई बुझाएर प्लबर, हेल्पर लगायतका काममा आफूहरु गएपनि भनेको जस्तो काम नदिएको उनीहरुले बताए। उनीहरुले ७ महिनादेखि तलव पाएका थिएनन्। तलव नपाएपछि साउदीस्थित नेपाली दूतावासको ३ दिनसम्म सेल्टरमा बसेर उनीहरु स्वदेश आएका हुन्। उनीहरुले आफ्नो कम्पनीमा अझै ४३ जना नेपाली युवाहरु समस्यामा परेको बताए। उनीहरु पनि उद्धारको पखाईमा रहेको कडेँलले बताए। तलव माग्दा जंगलमा बास बाँकेका लिलबहादुर रोक्का मगर ८ महिनाअघि मेकानिकल हेल्परमा काम गर्न साउदी गए। साउदीको कम्पनीले कहिले कन्ट्रक्सन क्षेत्रमा त कहिले ग्यास प्लान्टमा काम लगाउन थाल्यो। कम्पनीले १ महिनाको मात्र तलव दिएपछि उनले मुदिरसँग रकम मागे।

:"मुदिरले गाडीमा हालेर खारेज भन्ने स्थानमा जंगलमा लगेर छाडिदियो।"

 उनको साथमा कृष्णबहादुर खत्रीपनि सँगै थिए। घनघोर जंगलमा छाडेपछि एक जना नेपाली चालकले ट्रकको पछाडि हालेर रियाद ल्याए। आफ्नो क्याम्पमा केहीदिन राखेपछि उनीहरुकै क्याम्पमा पुर्याइदिए। पछि कम्पनीले उनलाई खानका लागि कार्ड दिएन्। साथीभाइले नै आफ्नो भाग खटाइ खान दिन्थे। बर्दिया जमुनेका देवबहादुर कँडेलले पनि कम्पनीका मुदिरसँग तलव मागे। उनलाई कुवेतको बोर्डर लगेर छाडियो। उनी पनि बल्ल बल्ल आफ्नो कम्पनी भएको स्थानमा आए। तलव माग्दा कत्ति कुटाइ खानुपद्थ्यो उनले भने। कम्पनीले बल्ल तल्ल पासपोर्ट दियो, टिकट दिएन कम्पनीले काम अह्राउने तर तलव नदिएपछि उनीहरुले साउदीस्थित नेपाली दूतावासलाई जानकारी गराए। दूतावासले रोजगारदाता कम्पनीसँग छलफल गर्यो। रोजगारदाता कम्पनीले काम बाँकी रहेको र त्यो सकेपछि १० दिनपछि तलव, टिकट र पासपोर्ट दिने सर्त राख्यो।
उनीहरु मन्जुर भए। स्वदेश आउन पाइन्छ भनेर उनीहरुले १ महिना लाग्ने काम १० दिनमा सकाए। कम्पनीले पासपोर्ट दियो। तर टिकट र तलव दिएन। त्यसपछि फेरि उनीहरु दूतावासमा गए। दूतावासमा बस्ने ठाँउ थिएन, सानो कोठामा खाँदिएर ७ जना सुते। खाना दूतावासले नै प्रवन्ध गराइदियो। अलपत्र परेपछि उनीहरुले महाशाखाको हटलाइन नम्बर ०१४२६९७४१ नम्बरमा फोन गरे। घटनाक्रमबारे डिएसपी बोगटीलाई सुनाए। बोगटीले टिकटको प्रबन्ध मिलाएर उनीहरुलाई झिकाए। अहिलेसम्म ५ सय ८७ जनाको उद्धार महानगरीय अपराध महाशाखाले अहिलेसम्म ५ सय ८७ जनाको उद्धार गरेको जनाएको छ। विभिन्न ३१ वटा देशहरुबाट प्रहरीले उद्धार गरेको डिएसपी बोगटीले बताए। मलेसिया र खाडीमुलुकबाट धेरैको उद्धार भएको उनले बताए। पछिल्लो समय साउदीमा आर्थिक संकट देखा परेको र त्यसबाट नेपाली कामदार समस्यामा पर्ने गरेको उनले सुनाए। त्यस्तै उनले एजेन्टको लहलइमा लागेर विदेश जानेहरु बढी समस्यामा पर्ने गरेको बताए। श्रोत सेतो पाटि बाट
साउदीमा ७ महिनादेखि तलव नपाएको नेपाली हरु तलब माग्दा घनघोर जंगलमा छाडेपछि...पुरा पढ्नुहोस ! Reviewed by Google Girl on 8:53:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.