Top Ad unit 728 × 90

News
News

४५ भन्दा बढी यात्रु बोकेका डुंगा कोशी नदीमा पल्टियो, ३६ जनाको उद्धार

असोज १, सुनसरीः सुनसरीको सप्तकोशी नदीमा डुंगा पल्टिएको छ। श्रीलंका टापुबाट प्रकाशपुर –५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको हो।
डुंगामा सवार यात्रुको संख्या खुल्न नसकेपनि ३६ जनाको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पौडेलले डुंगामा कति मानिस सवार थिए भन्ने यकिन तथ्यांक नभएपनि अहिलेसम्म ३६ जनाको सकुशल उद्धार गरेको बताए । उनले भने–‘३६ जनाको उद्धार भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने केही घर फर्किसकेका छन् ।’ अहिले पनि उद्धार जारी राखेको प्रहरीले सप्तकोशीमा बाढी आएकाले उद्धारमा समस्या भएको जनाएको छ । प्रकाशपुरमा साप्ताहिक रुपमा लाग्ने हाट भर्नका लागि धेरै सर्वसाधारण एउटै डुंगामा सवार थिए ।स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले अहिले उद्धारको कार्य जारी राखेका छन् ।
४५ भन्दा बढी यात्रु बोकेका डुंगा कोशी नदीमा पल्टियो, ३६ जनाको उद्धार Reviewed by Google Girl on 2:31:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.