जापानमा एक नेपाली विद्यार्थीको उपचारका क्रममा निधन
‘रातभरि काम गरेर बिहान कोठामा र्फकदा शिव अचेत थिए,’ मल्लले भने, ‘हतार हतार अस्पताल लग्यौं तर बचाउन सकिएन ।’ जापानी भाषा अध्ययनकै क्रममा रहेका रोल्पाका रोकामगर केही महिनादेखि अस्वस्थ रहेका थिए । उनमा बेला बेला बेहोस हुने समस्या थियो । तर मृत्युको कारण भने अझै पत्ता लाग्न सकिरहेको छैन । रोकाको पार्थिव शरिर अहिले प्रहरीले जिम्मा लिएर यस बिषयमा अनुसन्धान गरिरहेको छ । रोकामगरको मृत्युसँगै जापानमा यो महिनामात्रै तीन नेपालीले ज्यान गुमाएका छन् । केही साताअघि मात्र धादिङकी टिना गुरुङले आत्महत्या गरेकी थिइन् ।
जापानमा एक नेपाली विद्यार्थीको उपचारका क्रममा निधन
Reviewed by Google Girl
on
2:24:00 PM
Rating:
No comments: